NIMB Header 2
Nepal Life

एनएमबिद्धारा गैर सरकारी संस्था “छोरी” मा वित्तीय साक्षरता कार्यक्रम

Citizen Life
  • BFIS News
  • 2022 Jun 04 06:15
एनएमबिद्धारा गैर सरकारी संस्था “छोरी” मा वित्तीय साक्षरता कार्यक्रम
National Life

काठमाडौं।  एनएमबि बैंकद्धारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको गैह सरकारी संस्था “छोरी”मा आवद्ध दिदी बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी बहिनीहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभागद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदि बहिनीहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

NIMB

उक्त कार्यक्रममा एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नबिन पन्थि र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति रहेको थियो ।

बिगतका बर्षहरु देखी नै महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस बैंकले महिला सशक्तिकरणको लागि बिभिन्न समयमा बिभिन्न समूहहरु लक्षीत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । छोरी संस्थाका दिदि बहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनीहरुमा बित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले बिश्वास लिएको छ । बैंक र छोरी संस्था दुबैले भविष्यमा पनि यस्ता बित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने जानकारी गराएका छन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया