सिन्धुपाल्चोकको बिकट क्षेत्रबाट एमडिआरटी बन्न सफल वाङ्दी लामा, 'एमडिआरटी बन्छु भनेर लागि परियो भने सकिने रहेछ'
- BFIS News
- 2025 Jan Sat 15:51
काठमाडौं । सिन्धुपाल्चोकको विकट क्षेत्र मानिने पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङ वडा नम्बर तीनका वाङदी लामाले आफु जीवन बीमा क्षेत्रकै सानका रुपमा हेरिने 'एमडिआरटी' बन्छु भनेर कहिल्यै सोचेका पनि थिएनन् । श्री भोताङ देवी मा.वि.मा लेखापालको रुपमा काम गर्ने लामाले गाउँमै बसेर 'एमडिआरटी २०२५'को लागि क्वालिफायर्ड भएका छन् । उनि जीवन बीमा क्षेत्रमा आएको तीन वर्ष मात्रै भएको छ ।
उनको अभिकर्ताको यात्रा रोचक छ, लामा भन्दा अगाडी उनकी श्रीमती रचना बोम्जन रिलायबल नेपाल लाइफबाट अभिकर्ताको रुपमा एजेन्सी म्यानेजर भएर काम गर्दै आएकी थिइन् । विभिन्न सामाजिक संघ संस्थामा काम गर्ने रचनाले नै उनलाई यस क्षेत्रमा प्रवेश गराएकी हुन् । उनको मिजासिलो स्वभाव र मानिसहरुलाई बुझाउन सक्ने क्षमतालाई बुझेकी रचनाले उनलाई यस क्षेत्रबाट राम्रो सफलता प्राप्त गर्न सकिने भन्दै प्रोत्साहित गरे पछि उनि काम गर्न राजी भएका थिए ।
एकदमै कम बोल्ने तर चाहिने कुरा टक्क भन्ने उनको बानी छ । स्कुलमा पनि काम गर्ने भएकाले उनलाई समाजका धेरै मानिसहरुले विश्वास गर्छन् । यहि विश्वासलाई उनले मनदेखि नै जितेर यस वर्ष ८१ जना भन्दा धेरैलाई बीमा गराउन सफल भए । पहिलो वर्ष खासै धेरै बीमा गर्न नसके पनि गएको वर्ष सिनियर एजेन्सी म्यानेजर बनेका लामालाई शाखा प्रमुख बलराम लामिछानेले यस वर्ष एमडिआरटी बन्न निकै प्रत्साहित गरे ।
तीन वर्षमा उनले एक सय भन्दा धेरैलाई बीमा गराइसकेका छन् । कम्पनीको तर्फबाट क्षेत्रिय प्रवन्धक राजकुमार गिरी र मेलम्ची शाखाका शाखा प्रमुख बलराम लामिछानेले एमडिआरटी बन्नका लागि निकै प्रोत्साहित गरेकै कारण आफुले यो सफलता हासिल गरेको उनले बताए । उनि भन्छन् 'एमडिआरटी बन्न सक्छु भनेर लागि परियो भने सकिदो रहेछ ।'
सिन्धुपाल्चोकको यस क्षेत्रमा बीमाको जनचेतना एकदमै कम छ । रिलायबल नेपाल लाइफले यस क्षेत्रमा बीमा सम्बन्धी जनचेतनाका लागि हेलम्बु गाँउपालिका, मेलम्ची गाउपालिका र मेलम्ची नगरपालिमा धेरै वटा कार्यक्रमहरु पनि गर्यो । जसले मानिसहरुमा बीमाको महत्व र आवश्यकताको महशुस गराएको शाखा प्रमुख लामिछानेले बताए । आगामी दिनमा पनि कम्पनीले बीमा सम्बन्धी जनचेतना अभिबृद्धिका लागि पाँचपोखरी गाँउपालिका र इन्द्रावती गाउपालिकामा क्याम्पियन नै सञ्चालन गर्ने योजना बनाएको छ ।
पाँचपोखरी पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहदा लामालाई बीमा गराउन थप टेवा पुगेको छ । यस क्षेत्रमा आउने पर्यटकहरुले बीमाको बारेमा गर्ने कुराकानीले पनि बीमा गराउन धेरै सहज भएको लामा बताउछन् । यदि बीमाको बारेमा राम्रोसँग बुझाउने हो भने बीमा गराउन गाह्रो नपर्ने उनको अनुभव छ । बीमाको सामान्य जानकारी पनि नभएका मानिसहरुलाई बीमा बुझाएर बीमा गराउनु पर्ने भएकाले एकदमै धेरै फलोअप गर्नु पर्ने र बुझाउदै सिकाउदै जानु पर्ने अवस्था रहेको उनि बताउछन् ।
अर्को तर्फ यस क्षेत्रबाट विदेशिएकाहरुलाई पनि उनले बीमा गराउन सबैभन्दा धेरै प्रोत्साहित गर्छन् । जसले विदेशमा बस्दा बीमाको महत्व पनि बुझेका हुन्छन् । कतिपय त बीमा कसरी गराउने भन्दै अलमलिएको समेत उनको अनुभव छ । उनिहरुलाई बीमाको दायरामा ल्याउदा त्यो भन्दा सुखद पल लामाको लागि अरु केहि हुँदैन ।
गाउँमै एसएलसीसम्म अध्ययन पुरा गरेर काठमाडौंको पशुपति बहुमुखी क्याम्पसबाट बिबिएसम्मको अध्ययन गरेका लामाले बीमितहरुलाई बीमा मार्फत बचत गराउन सिकाउछन् । पाचपोखरीमा बढिरहेको पर्यटन व्यवसायले होटल रेष्टुरेन्ट खुल्ने क्रम पनि बढिरहेको छ । कमाएको समयमा सकेको बीमा गर्दा भविष्यमा राम्रो पैसा बनाउन सकिने र भवितव्य केहि भइहाल्यो भने बीमा मार्फत क्षतिपुर्ती पाइने भएकाले जुनसुकै तह तप्का र वर्गका मानिसहरुका लागि यो अपरिहार्य रहेको लामा बताउछन् ।
जागिर बाहेकको खालि समय बीमामै विताउने लामाले मानिसहरुलाई स्वास्थ्य बीमाका लागि पनि अनुरोध गर्छन् । बीमाबाट ठुलो रकम प्रिमियम मार्फत कम्पनीलाई नियमित रुपमा बुझाउदै गर्दा कतिपयले पनि संका व्यक्त गर्ने गरेका छन् । सहकारी डुबेका तथा भागेको देखेका सुनेका उनिहरुले कतै बीमा पनि यसरी नै भाग्ने पो होइन भन्दै शंका व्यक्त गर्ने गर्छन् । जोखिम बहन गर्ने बीमा क्षेत्रकै जोखिमका विषयमा प्रश्न उठाउदा उनलाई चिन्ता लाग्छ । यसले गर्दा हरेक व्यक्तिहरुलाई बीमा कम्पनीको सुरक्षा र अवस्थाबारेमा बुझाउन उनलाई केहि समय लाग्छ ।
हेरेक वर्ष लाखौ रुपैयाँ बीमा शुल्कको रुपमा कम्पनीमा बुझाउदै गर्दा ग्रामिण क्षेत्रका व्यक्तिहरुले शंका गर्नु स्वभाविक पनि हो । जसलाई बीमा कम्पनी प्रतिको विश्वास दिलाउन सक्नु नै ठुलो उपलब्धी हुने लामा बताउछन् ।
जीवन बीमा कम्पनीहरु प्रायः शहरी क्षेत्रमै बढि केन्द्रित हुन्छन् । ग्रामिण क्षेत्रमा कम्पनीहरु खासै केन्द्रित भएको देखिदैन । तर रिलायबल नेपाल लाइफले ग्रामिण क्षेत्रमा शाखा कार्यालय मार्फत बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्दै बीमाको दायरा फराकिलो बनाउने काम गरेको छ । यसैको एक बलियो उदाहरण वाङदी लामा बनेका छन् । कम्पनीले यस वर्ष ३६ जना एमडिआरटी प्राप्त गरेको छ । यस मध्ये अधिकाम्स ग्रामिण परिवेशकै छन् । सिन्धुपाल्चोकको मेलम्ची शाखाबाट गएका वर्षहरुमा पनि एमडिआरटी बन्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिन सफल भएको छ ।
प्रतिक्रिया