Nepal Life

लेखापरीक्षण गर्न नसक्ने बीमा कम्पनीलाई १० लाख जरिवाना, मर्जरमा गएकालाई छुट

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sat 11:25
लेखापरीक्षण गर्न नसक्ने बीमा कम्पनीलाई १० लाख जरिवाना, मर्जरमा गएकालाई छुट
Sanima Reliance

काठमाडौं  । नेपाल बीमा प्राधिकरणले लेखापरीक्षण गर्न नसक्ने बीमा कम्पनीहरुलाई १० लाख रुपैयाँको दरले जरिवाना गर्ने भएको छ । बीमा ऐन २०७९ को दफा ८७ अनुसार आर्थिक वर्ष सकिएको ५ महिना भित्रमा लेखापरीक्षण सम्पन्न नगर्ने ८ जीवन तथा एक निर्जीवन बीमा कम्पनीलाई पहिलो पटकका लागि १० लाख जरिवाना तिराउने भएको छ ।

NIMB

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले धेरै वर्षदेखि लेखापरीक्षण तथा साधारणसभा सम्पन्न गर्न सकेका छैनन् । जीवन बीमा तर्फ नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एशियन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा ऐनको दफा १३८ को उपदफा ७ (घ) अनुसार १० लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने छ ।

बीमा प्राधिकरणले यस भन्दा अघिल्लो आर्थिक वर्षको हकमा छुट दिए पनि अव छुट दिदा प्राधिकरण नै अख्तियारको फन्दामा पर्न सक्नेछ । नियम अनुसार गर्नु भनेको काम नगरेमा पनि कानुनको उल्लंघन हो त्यसैले प्राधिकरणले बाध्य भएर यस वर्ष उनिहरुलाई कारबाही गर्नु पर्ने छ । प्राधिकरणले लेखापरीक्षण र साधारणसभा नगर्ने कम्पनीको सूची बनाएर खाखेको छ । प्राधिकरणको सञ्चालक समितिले कारबाही गर्ने निर्णय गरे पछि मात्रै जरिवाना तिर्नु पर्ने हुन्छ । तर प्राधिकरणले अहिलेसम्म पनि यस विषयमा निर्णय गर्न सकेको छैन ।

मर्जरमा गएका कम्पनीलाई छुट

मर्जरमा गएका कम्पनिहरुलाई भने बीमा प्राधिकरणले कारबाही नगर्ने जनाएको छ । मर्जरको सहुलियत प्रदान गर्दा नै बीमा कम्पनीहरुलाई यसमा छुट दिएको थियो । अहिलेसम्म जीवन बीमा तर्फ साविक प्रभु लाइफ, महालक्ष्मी लाइफ, सूर्य लाइफ, ज्योति लाइफ, गुराँस लाइफ, प्राइम लाइफ, यूनियन लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा गएका छन् । यसरी मर्जरमा गएका ९ वटा कम्पनीले ऐन अनुसार हुने हर्जनामा छुट पाउने बीमा प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

जीवन बीमा कम्पनीहरुको सबैभन्दा ठुलो समस्या नै लेखापरीक्षण हो । लेखापरीक्षण गर्नु भन्दा अगाडी एक्चुरियल मूल्याङ्कन गर्नु पर्छ । यस्तो मूल्याङ्कन गर्ने व्यक्ति नेपालमा छैनन् । कम्पनीहरुले विदेशी एक्चुरी मार्फत काम गराउछन् । त्यसमा पनि नेपाली बीमा कम्पनीको भर भारतीय एक्चुरीमा छ । भारत बाहेक अन्य देशबाट काम लिन सकिने अवस्था छैन । भारत भन्दा बाहेकका एक्चुरी सँग काम लिदा धेरै शुल्क भुक्तानी गर्नु पर्छ कम्पनीहरु सँग धेरै शुल्क तिर्ने क्षमता छैन ।

अहिलेको ठुलो समस्या अगाडीकै आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्न मुस्किल छ । बीम कम्पनीहरुले अघिल्लै आर्थिक वर्षको लेखापरीक्षण गर्न सकेका छैनन् । उनिहरुले गत आर्थिक वर्षको काम अगाडी बढाउन सकेका छैनन् । एउटा आर्थिक वर्षको सम्पन्न नभएसम्म अन्य आर्थिक वर्षको सम्भव हुँदैन । यसले गर्दा पनि बीमा कम्पनीहरुले कम्तिमा पनि एक वर्ष भन्दा लामो समय लगाउने गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया