NIMB Header 2
Nepal Life

बैंकबाट शेयर धितोमा राखेर कर्जा लिँदै हुनुहुन्छ ? हेर्नुहोस् कुन बैंकको ब्याजदर कति ?

Muktinath Bank
  • BFIS News
  • 2023 Sep 03 14:31
बैंकबाट शेयर धितोमा राखेर कर्जा लिँदै हुनुहुन्छ ? हेर्नुहोस् कुन बैंकको ब्याजदर कति ?
Everest Bank

काठमाडौं । अन्य क्षेत्रमा कर्जाको माग खासै नहुँदा बैंक वित्तीय संस्थाहरु शेयरधितो कर्जामा केन्द्रित हुन थालेका छन् । बैंकहरुले स्किम नै निकालेर लगानीकर्ताहरुलाई न्युनतम व्याजदरका लागि प्रोत्साहित गरिरहेका छन् । बैंकहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा कम शेयरधितो कर्जा नविल बैंकको छ । नविल बैंकले न्युनतम ९.५२ प्रतिशतदेखि अधिकतम १४.५२ प्रतिशतसम्म लिने गरेको छ । 

Shikhar
NIMB

त्यस्तै एभरेष्ट बैंकले न्युनतम ९.६१ प्रतिशतदेखि १४.११ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९.६७ प्रतिशतदेखि १४.६७ प्रतिशत, सिद्धार्थ बैंकले ९.९० प्रतिशतदेखि १४.९० प्रतिशत, ग्लोबल आइएमई १०.०७ प्रतिशतदेखि १५.०७ प्रतिशत, सानिमा र प्रभु बैंकको १०.१५ प्रतिशतदेखि १५.१५ प्रतिशत, कृषि विकास बैंकको १०.२२ प्रतिशतदेखि १२.२२ प्रतिशत, एनएमबी बैंकको १०.३० प्रतिशतदेखि १५.३० प्रतिशत रहेको छ ।  

सरकारी स्वामित्वका  तीन बाणिज्य बैंकको ब्याजदर 

सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकले न्युनतम १० दशमलव २२ प्रतिशत ब्याजदरदेखि अधिकतम १२ दशमलव २२ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराउदै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले न्युनतम ११ दशमलव ४५ प्रतिशतदेखि अधिकतम ११ दशमलव ७० प्रतिशत ब्याजदरमा शेयरधितो कर्जा दिइरहेको छ । नेपाल बैंकले न्युनतम १२ दशमलव ०५ प्रतिशत ब्याजदरदेखि अधिकतम १४ दशमलव ५५ प्रतिशतसम्म यस्तो कर्जा प्रदान गर्दै आइरहेको छ । 

लगानीकर्ताले आफु सँग भएको शेयर धितोमा राखेर सहजै कर्जा लिन सक्छन् । आफु सँग भएको शेयर धितोमा राखेर पुनः शेयर बजारमै लगानी गर्ने ट्रेण्डका कारण लगानीकर्ताका लागि यसले विशेष आकर्षित गर्दछ । त्यसैले घट्दो व्याजदर शेयर बजारका लगानीकर्ताका लागि सबै भन्दा उत्तम मानिन्छ । यस्तो कर्जाको नीतिगत व्यवस्थालाई नेपाल राष्ट्र बैंकले समय सापेक्ष संशोधन गर्ने गरेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया