Nepal Life

नबिल बैंकको दोस्रो त्रैमाशिक अवधिको मुनाफा ३ अर्ब २५ करोड, इपिएस २३ रुपैयाँ, जगेडा कोषमा ३० अर्ब नाघ्यो

National Life
  • BFIS News
  • 2025 Jan Mon 10:38
नबिल बैंकको दोस्रो त्रैमाशिक अवधिको मुनाफा ३ अर्ब २५ करोड, इपिएस २३ रुपैयाँ, जगेडा कोषमा ३० अर्ब नाघ्यो
RBB

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिसम्ममा नविल बैंकले तीन अर्ब २५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले यसअवधिमा १.२९ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले गत वर्षको यहि अवधिमा ३ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । 

NIMB

यता, खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी खुम्चिए पनि इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफामा सामान्य सुधार आएको हो । गत वर्ष १ अर्ब ९७ करोड १७ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ३५ करोड रुपैयाँमा आएको छ । 

दोस्रो त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३१ पैसाले बढेर २४ रुपैयाँ ०५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा छ । चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ । नबिलको चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै देखिएको छ । बैंकको पूँजी २७ अर्ब ५ करोड रहेको छ भने जगेडामा ३० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार