Nepal Life

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुर्व सचिव पुडाशैनीदेखि १२ जनाको आवदेन, हेर्नेहोस् क-कसले दिए आवेदन

National Life
  • BFIS News
  • 2025 Jan Fri 18:15
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुर्व सचिव पुडाशैनीदेखि १२ जनाको आवदेन, हेर्नेहोस् क-कसले दिए आवेदन
RBB

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । कमल प्रसाद रेग्मी, डा देवराज रोका, शरद ओझा, चिरन्जिवी चापागाई, विष्णु वावु मिश्र, बुद्ध काजी श्रेष्ठ, दामोदर बसौला, डिम प्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठको आवेदन परेको छ ।

NIMB

अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले १५ दिन अगाडी आवेदन माग गरेको थियो ।  तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । हाल अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकले अध्यक्ष रूपमा काम गरिरहेका छन् ।

अर्थमन्त्रालयले बीमा ऐन २०७९ मा बीमा क्षेत्रका सक्रिय व्यक्तिहरुलाई रोक्न बीमा क्षेत्रमा काम गरेकालाई २ वर्षको कुलिङ पिरियड तोकिदिएको थियो । यसले गर्दा पुर्व प्रशासक तथा पूर्व सरकारी कर्मचारीको बढि आवेदन परेको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार