Nepal Life

राष्ट्रिय बाणिज्य बैंकबाट कर्जा लिएर ४० डिग्री तापक्रममा स्याउ फलाउने गोकर्ण वलीको सफलताको कथा

National Life
  • राजेन्द्रसिंह धामी
  • 2025 Jan Sat 18:01
राष्ट्रिय बाणिज्य बैंकबाट कर्जा लिएर ४० डिग्री तापक्रममा स्याउ फलाउने गोकर्ण वलीको सफलताको कथा
RBB

काठमाडौं । ४० डिग्री तापक्रम भएको कैलालीमा पनि स्याउ फल्छ भन्दा असम्भव जस्तो लाग्ने कुरा सम्भव गरेर देखाउने व्यक्ति हुन् लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका 'गोकर्ण वली' । नेपालमै व्यावसायिक फलफूल खेती न्यून भइरहेको सन्दर्भमा वलीले व्यावसायिक फलफूल खेती गर्ने जमर्को गरेका छन् ।

NIMB

विगतमा निर्माण व्यवसायमा संलग्न वलीले कोभिडको समयमा निर्माण व्यवसाय सुस्त र ठप्प भएका बेलामा कृषिक्षेत्र खास गरी फलफूल खेतीमा केही गर्नुपर्छ भनेर वि.सं. २०७७ सालमा गोदावरी नगरपालिकामा जग्गा भाडामा लिएर ड्रागन फ्रुट खेतीको सुरुवात गरेका थिए ।

त्यसै क्रममा फार्ममा विविधीकरण र विस्तार गरी केही नयाँ गर्ने सोचका साथ विभिन्न स्रोतहरूबाट खोज तथा अनुसन्धान गर्दा भारतको हरियाणा पन्जाब क्षेत्रमा स्याउ फलेको थाहा भयो र भारतको विलासपुर हिमाञ्चल प्रदेशमा कृषक हरिमन शर्माको स्याउ फार्ममा पुगेर अध्ययन गर्दा उष्ण र उपोष्ण क्षेत्रमा लगाउन सकिने स्याउको जात HRMN-99 कैलालीको हावापानीमा समेत उपयुक्त हुने देखेपछि लम्कीचुहा नगरपालिका ९ स्थित आफ्नो १ बिघा र लिजको २ बिघासमेत गरी जम्मा ३ बिघा जमिनमा फलफूल खेतीको तयारी गरे ।

उनले फलफूल खेतीका लागि २०७८ माघमा भारतबाट HRMN-99 जातको स्याउ १२०० बोट, लखनउ ४९ अम्बाको ५०० वटा बिरुवा, एप्पल बयरका ३०० वटा बिरुवा र ड्राइगन फ्रुटका २०० वटा बिरुवा ल्याएर रोपण गरेका थिए । स्याउ फुलेको पहिलो सिजनमा उत्पादन लिने गर्दा बोट नफस्टाउने भएपछि पहिलो पटक २०८० मा ५ बोट र २०८१ मा ५० बोट सीमित मात्रामा फल राखेर अरू फूल झारेर उत्पादन लिनुभयो । गरे के हुँदैन भन्ने कुरा वलीले ४२ डिग्री तापक्रममा कैलालीमा स्याउ फलाएर प्रमाणित गरिदिएका छन् ।

यसै क्रममा उनले हालसम्म फार्ममा रु. ९० लाखसम्म लगानी गरिसकेका छन् । फार्मको विस्तार हुँदै गर्दा फार्ममा उपकरण खरिद तथा सञ्चालनका लागि पुँजी आवश्यक पर्न गयो । खास गरी सिँचाइ परम्परागत रूपमा सामान्य बोरिङबाट पाइपको मद्दतमा भइरहेकोमा उक्त प्रणालीले सम्पूर्ण बोटहरूलाई नियमित पानीको मात्रा पुर्याउन असहज भई फार्मको क्षेत्रफल अनुसार गर्मीयाममा सिँचाइ गर्नका लागि आधुनिक थोपा सिँचाइ प्रणाली, औषधिहरू राख्नका लागि स्प्रे मेसिन जस्ता उपकरण लगायत थप लगानीको आवश्यकता पर्यो । उनले कर्जाको लागि विभिन्न बैंकहरूमा प्रस्ताव राख्दा बैंकहरूले कैलालीमा पनि स्याउ फलाउन सकिन्छ भनेर आश्चर्य मान्दै लगानीका लागि आनाकानी गरे । अन्य बैंकहरुले आनाकानी गर्दै गर्दा राष्ट्रिय वाणिज्य बैंक लम्की शाखाले उनको प्रस्तावलाई अध्ययन गर्यो ।

बैंकले उनको प्रस्ताव स्वीकृत गर्दै कर्जा प्रक्रिया अगाडि बढाईदियो । वलीले बैंकबाट प्राप्त कर्जाबाट थोपा सिँचाइ, स्प्रे पम्प मेसिन, मिनी टिलरको व्यवस्था गर्न सफल भए ।

फलफूल बारीसँगै उनले भैँसी पालन पनि गर्दै आएका छन् ।  जसबाट बोटबिरुवाका लागि अर्गानिक मल उत्पादन पनि हुने र फार्ममा उत्पादन हुने घाँस पनि खपत भई आम्दानी पनि हुने गरेको छ । यसबाट आम्दानीको विविधीकरण र नियमित नगद प्रवाह भई फार्म सञ्चालनमा सहायता पुगेको छ ।

फार्मको व्यवस्थापनमा आफै खटिँदै आएकोमा २ जनालाई नियमित र पटके रूपमा विभिन्न समयमा १५ जनालाई रोजगारी प्रदान गरी यस क्षेत्रकै नमुना अग्रणी किसानका रूपमा उभिन सफल हुनुभएको छ । साथै अरूलाई यो पेसामा आबद्ध हुन प्रेरित गर्दै यस फार्मबाट स्याउका र ड्रागन फ्रुटका बोटहरू पनि बिक्री गर्दै आउनुभएको छ । गत वर्ष यस फार्मबाट स्याउ र ड्रागन गरी ५००० बोट बिक्री वितरण गर्नुभएको थियो । अहिले व्यवसाय सुरु गरेको पाँच वर्षभित्र मै वार्षिक ४० लाख रुपैयाँभन्दा बढीको टर्न ओभर हुन थालेको छ । हाल यो फार्म कृषक तथा विद्यार्थीहरूका लागि सिक्ने थलोका रूपमा विकास हुँदै गइरहेको छ ।

नजिकका जिल्लाहरूबाट अवलोकन भ्रमणका लागि नियमित आगन्तुक÷अवलोकर्ताहरू आउँदा यस क्षेत्रको आर्थिकस्तर सुधारका साथै यस ठाउँलाई चिनाउन मद्दत पुगेको छ । गत वर्ष उद्योग वाणिज्य सङ्घ, कैलालीले सबैभन्दा बढी अम्बा उत्पादकका रूपमा सम्मान गरेको तथा सरकारी कृषि कार्यालयले नमुना कृषि फार्मका रूपमा छनौट गरी अनुदानसमेत दिएको छ । अहिले वलीलाई सफल कृषकका रूपमा जिल्लामा विभिन्न सङ्घ संस्थाहरूले सम्मान गर्न थालेका छन् । गोकर्ण वली भन्छन् – “आज म जुन स्थानमा छु, त्यसको श्रेय मेरो श्रीमती र छोराहरूको निरन्तर साथ हौसला तथा मेरो मेहनत र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय, लम्कीलाई दिन चाहन्छु । हामी जस्ता कृषकका लागि अन्य बैंकले बेवास्ता गरिरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंकबाट ७५ लाखमा लिएको कर्जाले फार्म विस्तार गर्न र निरन्तरता दिन सहज भयो ।”

मेरो मेहनत, धितो, व्यावसायिक कागजातका आधारमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लम्कीले मलाई विश्वासपूर्वक व्यावसायिक सल्लाह, सुझाव, हौसला र न्यून ब्याजदरको लगानी प्रदान गरेका कारण म र मेरो व्यवसाय आज यो स्थानमा छ । खासमा सरकारी बैंक भएर पनि छिटोछरितो, सरल र सहज बैंकिङ कारोबारहरू कर्जा, निक्षेपलगायत अन्य सेवा सुविधा प्रदान गर्नमा राष्ट्रिय वाणिज्य बैंक अब्बल र सशक्त छ । सफल उद्यमी बन्नलाई मेहनत, लगन, इच्छाशक्ति र दृढता मात्रै होइन, न्यून लागतको पुँजीको पनि उत्तिकै आवश्यकता पर्दछ । मेरो यो आवश्यकतालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लम्कीले पूरा गरिदियो । यस अर्थमा म मेरो सफलताको मुख्य सूत्रधार हाम्रो आफ्नै बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लम्कीलाई ठान्दछु ।

कृषि गर्नका लागि भनेर लिएको कर्जा वास्तविक रूपमा सोही व्यवसायमा नै उपयोग गर्दा प्रगति गरेको बताउने उनी थप्छन् – “मेरो मेहनत, धितो, व्यावसायिक कागजातका आधारमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लम्कीले मलाई विश्वासपूर्वक व्यावसायिक सल्लाह, सुझाव, हौसला र न्यून ब्याजदरको लगानी प्रदान गरेका कारण म र मेरो व्यवसाय आज यो स्थानमा छ । खासमा सरकारी बैंक भएर पनि छिटोछरितो, सरल र सहज बैंकिङ कारोबारहरू कर्जा, निक्षेपलगायत अन्य सेवा सुविधा प्रदान गर्नमा राष्ट्रिय वाणिज्य बैंक अब्बल र सशक्त छ । सफल उद्यमी बन्नलाई मेहनत, लगन, इच्छाशक्ति र दृढता मात्रै होइन, न्यून लागतको पुँजीको पनि उत्तिकै आवश्यकता पर्दछ । मेरो यो आवश्यकतालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लम्कीले पूरा गरिदियो । यस अर्थमा म मेरो सफलताको मुख्य सूत्रधार हाम्रो आफ्नै बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लम्कीलाई ठान्दछु ।” प्रस्तुतकर्ताः राजेन्द्रसिंह धामी, शाखा प्रबन्धक, शाखा कार्यालय लम्की, राष्ट्रिय वाणिज्य बैंक ।

(प्रस्तुत सामाग्री राष्ट्रिय बाणिज्य बैंकको वार्षिकोत्सव विशेषाङ्क  'उपहार २०८१' बाट लिइएको हो ।)

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार