प्रभु महालक्ष्मी लाइफमा व्यतित बीमालेख नविकरण गर्ने बम्पर अफर, बिलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट
- BFIS News
- 2025 Feb Wed 11:28
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा नविकरण गर्ने अभिायन अनुरुप बिलम्ब शुल्कमा बम्पर छुटको अफर गरेको छ ।
कम्पनीले यहि माघ २२ गतेदेखि ३० गतेसम्मका लागि सम्मुन्नती बीमा योजनामा बाहेक सबै बीमा पोलिसीमा बिलम्ब शुल्कमा छुट दिने भएको हो । २ वर्ष भित्रका व्यतित बीमालेखमा कम्पनीले ७५ प्रतिशतसम्म बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । त्यस्तै २ देखि ३ वर्ष अवधि भित्रका व्यतित बीमालेखमा ५० प्रतिशत र ३ वर्ष भन्दा बढि अवधिदेखि व्यतित भएका बीमालेखमा भने २५ प्रतिशत छुट दिने भएको हो ।
यसरी छुट पाएर नविकरण भएका बीमालेख आगामी दुई वर्षसम्म सरेण्डर गर्न नपाउने कम्पनीले जनाएको छ । त्यस्तै यस भन्दा अगाडी नै बीलम्ब शुल्कमा छुटको सुविधा लइसकेका बीमितले भने यस्तो सुविधा पाउने छैनन् । नेपाल बीमा प्राधिकरणको नियम अनुसार बीमितले बीमा अवधिमा एक पटक मात्रै यस्तो सुविधा उपभोग गर्न पाउछन् । बीमा पोलिसी नविकरण गर्दै गर्दा अनिवार्य अण्डराइटिङ गर्नु पर्ने व्यवस्था गरिएको छ । प्रभु महालक्ष्मी लाइफले प्रथम बीमा शुल्कका साथ साथै नविकरण बीमा शुल्कमा पनि विशेष जोड दिदै आएको छ ।
प्रतिक्रिया