NIMB Header 2
Nepal Life

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिलदेव सुवेदी नियुक्त, ५ वर्षको कार्यकाल, दुई दशक भन्दा लामो अनुभव

National Life
  • BFIS News
  • 2025 Feb 06 04:54
नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिलदेव सुवेदी नियुक्त, ५ वर्षको कार्यकाल, दुई दशक भन्दा लामो अनुभव
Sanima Reliance

काठमाडौं ।  नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् । कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर प्राप्त गर्दै सुवेदीे बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका हुन् । प्राधिकरणको बुधबार बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । प्राधिकरणले लोकसेवा आयोगकोे स्वीकृति पश्चात रिक्त कार्यकारी निर्देशक कार्यक्षमताको मूल्यांकनबाट बढुवा गरेको हो । 

Shikhar
NIMB

सुवेदीले ७७.१९४ अंक पाएर कार्यकारी निर्देशक बन्न सफल भएकोे प्राधिकरणले जनाएको छ ।  पछिल्लो समयमा सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव, प्राधिकरणको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका थिए । प्राधिकरणको कार्यकारी निर्देशकको प्रतिस्पर्धामा सुवेदीसहित प्राधिकरणका निर्देशकहरु कमल रेग्मी र पुजन ढुंगेल रहेका थिए ।

बीमा समिति कर्मचारी सेवा शर्त नियमावली २०६८ को विनियम बमोजिम संभाव्य उम्मेदवारको कार्य सम्पादन मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता, तालिमवापत प्राप्त गरेको कुल अंकको आधारमा सर्वाधिक अंक प्राप्त गरेकाले बढुवा गरिएको पदपूर्ती समितिले जनाएको छ । गत जेठ १२ गते कार्यकारी निर्देशक पदबाट राजु रमण पौडेलको अनिवार्य अवकाश पछि कार्यकारी निर्देशक पद रिक्त रहेको थियो।

प्राधिकरणले गत पुस १९ गते कार्यकारी निर्देशकसहितका उच्च तहका पदहरुमा आन्तरिक बढुवाको प्रक्रियाद्वारा पदपूर्ति गरिने सूचना प्रकाशित गरेको थियो । प्राधिकरणले लोकसेवा आयोगकोे स्वीकृति पश्चात बिमा प्राधिकरणको रिक्त कार्यकारी निर्देशक, निर्देशक, उप निर्देशकदेखि सहायक निर्देशकसम्म कार्यक्षमताको मूल्यांकनबाट गरिने बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतियोगितात्मक माध्यमबाट २५ वटा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको थियो । 

अहिले प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि पनि सूचना जारी भएर उम्मेदवार छनौटको क्रममा रहेको छ । प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।  अर्थ मन्त्रालयका अनुसार कमल प्रसाद रेग्मी, डा देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाइ, विष्णु बाबुु मिस्र, वुद्ध काजी श्रेष्ठ, दामोदर वसौला, डिम प्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठको आवेदन परेको छ । 

कार्यकारी निर्देशमा बढुवा भएका सुवेदी बीमा ऐन २०७९ को मौस्यौदा तयार पार्नेदेखि लिएर अन्तिम चरणसम्म अनवरत रुपमा खटिएका थिए । उनि बीमा प्राधिकरणका हरेक निर्देशिका, नियमदेखि लिएर आन्तरिक कार्यसम्पदानमा अब्बल मानिन्छन् । उनको कार्यकाल ५ वर्षको रहनेछ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया