Nepal Life

सानिमा जिआइसीको ७.५ प्रतिशत बोनस शेयर घोषणा, चुक्ता पूँजी २ अर्ब १५ करोड पुग्ने, अझै ३५ करोड चाहिने

National Life
  • BFIS News
  • 2025 Feb Fri 10:23
सानिमा जिआइसीको ७.५ प्रतिशत बोनस शेयर घोषणा, चुक्ता पूँजी २ अर्ब १५ करोड पुग्ने, अझै ३५ करोड चाहिने
RBB

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्बो ७.५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । 

NIMB

त्यस्तै बोनस शेयर वितरणका लागि कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश पनि दिने छ । लाभांश घोषणा सँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड पुग्नेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी साढे २ अर्ब पुर्याउन कम्पनीलाई अझै ३५ करोड आवश्य पर्नेछ । यसका लागि कम्पनीले हकप्रद शेयर निष्काशनको योजना बीमा प्राधिकरणमा पेश गरिसकेको छ । 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउनेछन् । सानिमा जिआइसीको यो पहिलो लाभांश हो । साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले पनि विगतका वर्षमा लाभांश वितरण गरेका थिएनन् । मर्जर पछि चुक्ता पूँजी २ अर्ब पुगे पछि बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम पूँजी भने जुट्न सकेको थिएन । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया