प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोष १६.७१ प्रतिशतले बढ्यो, १२ अर्ब नाघ्यो
- BFIS News
- 2025 Feb Sun 14:59

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ३.४९ प्रतिशतले मुनाफा बढाएको छ । कम्पनीले पुस मसान्तसम्ममा १८ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
गत वर्षको यसैअवधिमा कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बीमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन १३.४६ प्रतिशतले बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यता, लगानी तथा कर्जाबाट हुने आम्दानी ६.६९ प्रतिशतले बढेर ६० करोड ३३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोषको आकार १६.७१ प्रतिशतले वृद्धि भएर १२ अर्ब रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । यसको रिटेन्ड अर्निङमा ६८ करोड ९८ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ६४ पैसा छ ।
प्रतिक्रिया