शेयर बजारमा ११.४९ अंकको गिरावट, ८ अर्ब भन्दा धेरैको कारोबार, फाइनान्सको शेयर मूल्यमा फेरि आउन थाल्यो उछाल
- BFIS News
- 2025 Feb 09 15:10
काठमाडौं । साताको पहिलो दिन नेप्से सूचक ११.४९ अंकले घटेको छ । सूचक घटे पनि कारोबार रकम भने ८ अर्ब ३९ करोड रुपैयाँको भएको छ । गएको सातामा उचालिएको शेयर बजारमा पछिल्लो कारोबारमा भने लगातार घटिरहेको छ । फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधनमुलक कम्पनी र ट्रेडिङकोलसूचकमा उल्लेख्य सुधार देखिएको छ भने बाँकी सूचक घटेको छ ।
आज १६८ वटा कम्पनीको शेयर मूल्य घट्दा ६८ वटाको भने सुधार भएको छ । गार्डियन माइक्रो र सेन्ट्रल फाइनान्सको शेयर मूल्यमा भने सुधार आएको छ । आज एनआरएन, सिबिडिबी हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।
लगानीकर्ताहरु लोक क्यापकै कम्पनीमा झुम्मिएका छन् । शेयर बजारमा साना ठुला सबै लगानीकर्ता ट्रेडिङमा रमाउन थालेका छन् । जुन कम्पनीमा बढि क्यापिटल गेन गर्न सकिन्छ त्यहि कम्पनीमा झुम्मिदा बजारमा जोखिम पनि बढिरहेको छ । हाइक्यापका कम्पनीमा लगानीकर्ताको आकर्षण छैन । जसले गर्दा क्यापिटल गेन पनि हुने र जोखिम पनि कम छ । यस्ता कम्पनीमा लगानीकर्ताको आकर्षण छैन ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया