Nepal Life

सर्वोत्तम सिमेन्टको मुनाफा ६८९ प्रतिशतले बढ्यो, सिमेन्ट बिक्री ३६ प्रतिशतले बढ्दा मुनाफा सँगै प्रतिशेयर आम्दानी बढ्यो

National Life
  • BFIS News
  • 2025 Feb Tue 06:03
सर्वोत्तम सिमेन्टको मुनाफा ६८९ प्रतिशतले बढ्यो, सिमेन्ट बिक्री ३६ प्रतिशतले बढ्दा मुनाफा सँगै प्रतिशेयर आम्दानी बढ्यो
RBB

काठमाडौं । सर्वोत्तम सिमेन्टको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ६८९ प्रतिशतले बृद्धि भएको हो । कम्पनीले ६ महिनामा  २४ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा तीन करोड ५ लाख रुपैयाँ आर्जन गरेको थियो । 

 

NIMB

मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी ९.७० रुपैयाँ पुगेको छ । सञ्चालन आम्दानी ३६.३० प्रतिशतले बढेको छ । कम्पनीले समिक्षा अवधिमा तीन अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा २ अर्ब ९२ करोड थियो । सर्वोत्तमको चुक्ता पूँजी ४ अर्ब ९७ करोड रहेको छ । जगेडामा तीन अर्ब ९७ करोड रुपैयाँ छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया