Nepal Life

हिमालयन डिष्टिलरीको मुनाफा १४७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २६ रुपैयाँ

National Life
  • BFIS News
  • 2025 Feb Tue 08:56
हिमालयन डिष्टिलरीको मुनाफा १४७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २६ रुपैयाँ
RBB

काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १४७ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । 

NIMB

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५९.६९ प्रतिशत बढेर ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६४.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३१.९७ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ७.३६ प्रतिशत घटेको छ।

३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड ३३ लाख जम्मा छ । प्रतिसेयर आम्दानी २६.३५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ छ ।
 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया