एशियन लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ५६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १४.७२ रुपैयाँ
- BFIS News
- 2025 Feb Tue 09:04

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मक अवधिमा ५६.५५ प्रतिशतले बढेको छ । कम्पनीले समिक्षा अवधिमा २५ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष कम्पनीले १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क १५.५३ प्रतिशत र कुल आम्दानी ८.९२ प्रतिशतले बढेको छ । यता, कम्पनीको कर्जा तथा लगानी भने ५.६५ प्रतितशले घटेको छ । यसको जिवन बिमाकोष ४२ अर्ब ९९ करोड रुपैयाँबाट बढेर ४५ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ ।
यसअवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आदानी पनि बढेको छ । गत वर्ष ९ रुपैयाँ ४१ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर १४ रुपैयाँ ७२ पैसा कायम भएको । यसको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २३ पैसा रहेको छ ।
हाल यसको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ५६ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया