सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफा ३७.६७ प्रतिशतले घट्यो, २२ करोड ५० लाख मुनाफा, इपिएस १६ रुपैयाँ
- BFIS News
- 2025 Feb Tue 09:12

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको मुनाफा ३७.६७ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३७.६७ प्रतिशतले थोरै हो । गत वर्ष यसले ३६ करोड रुपैयाँ नाफा कमाएको थियो ।
दोस्रो त्रैमाससम्ममा कम्पनीको कर्जा तथा लगानी पनि २३.७६ प्रतितशले घटेको छ । गत वर्ष ३५ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको कम्पनीको अहिले घटेर २७ करोड ३९ लाख रुपैयाँमा झरेको छ ।
यता, कम्पनीको खुद बिमा शुल्क भने १.४३ प्रतिशतले बढेर ८० करोड ३९ लाख रुपैयाँ कायम भएका छ । गत वर्ष यसले ७९ करोड २५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
यसअवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आदानी पनि घटेको छ । गत वर्ष २५ रुपैयाँ ७२ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर १६ रुपैयाँ ०३ पैसा कायम भएको । यसको प्रतिसेयर नेटवर्थ २८७ रुपैयाँ ३४ पैसा रहेको छ ।
हाल यसको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ३१ करोड रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया