Nepal Life

शिखर इन्स्योरेन्सको मुनाफा २५ करोड ७३ लाख, प्रतिशेयर आम्दानी १९.३९ रुपैयाँ

National Life
  • BFIS News
  • 2025 Feb Wed 07:26
शिखर इन्स्योरेन्सको मुनाफा २५ करोड ७३ लाख, प्रतिशेयर आम्दानी १९.३९ रुपैयाँ
RBB

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २.४८ प्रतिशतले मुनाफा बढाएको छ । कम्पनीले पुस मसान्तसम्ममा २५ करोड ७३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २५ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

NIMB

समिक्षा अवधिमा कम्पनीले खुद बिमा शुल्क आर्जन भने १५.६३ प्रतिशतले बढाउन सफल भएको छ । यस अवधिमा कम्पनीले ६३ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा शिखरले ५५ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ४० करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी पनि सामान्य अर्थात् ४७ पैसाले बढेर १९ रुपैयाँ ३९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ११ पैसा छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया