Nepal Life

सानिमा जिआइसीको मुनाफा १५.२५ प्रतिशतले बढ्यो, इपिएस १२.१७ रुपैयाँ

National Life
  • BFIS News
  • 2025 Feb Wed 13:38
सानिमा जिआइसीको मुनाफा १५.२५ प्रतिशतले बढ्यो, इपिएस १२.१७ रुपैयाँ
RBB

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले १५.२५ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १२ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १० करोड ५५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

NIMB

कम्पनीले समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन २८ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गएको आर्थिक वर्षको यहि अवधिमा लगानी तथा कर्जाबाट १३ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस वर्ष भने घटेर ९ करोड ७० लाखमा झरेको छ । कम्पनीको कमिसनबाट हुने आम्दानी भने १२ करोड ३९ लाख रुपैयाँबाट बढेर १५ करोड रुपैयाँ कायम भएको छ । 

हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २३ करोड ७६ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले बढेर १२ रुपैयाँ १७ पैसा (वार्षिक) कायम भएको छ  यसको प्रतिसेयर नेटवर्थ भने १५२.७७ रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया