सिद्धार्थ इन्स्योरेन्सको ८३० रुपैयाँ शेयर किनेर ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
- BFIS News
- 2025 Feb Thu 08:27

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले घोषणा गरेको लाभांश आजसम्म शेयर खरिद गर्नेले पाउने छन् । कम्पनीले साधारणसभा प्रयोजनका लागि भोलि एक दिन बुक क्लोज गर्दैछ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्ने प्रस्ताव सहित फागुन १५ गते, लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।
अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ८३० रुपैयाँ रहेको छ । शेयर बजारमा साइडवेज चलिरहेकाले लगानीकर्ताले सस्तो शेयर खरिद गरेर आकर्षक लाभांश पाउने अवसर पाएका हुन् । विगत एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य अधिकतम १०७६ रुपैयाँसम्म पुग्यो । जवकी यो मूल्य लाभांश घोषणा गर्नु भन्दा धेरै अगाडीको हो ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रहेको छ । कम्पनीको शेयर खरिद गर्नले बजार बुलिस हुँदा अहिलेको लाभांश प्राप्त गरेर पनि राम्रो क्यापिटल गेन गर्ने विश्लेषकहरुको विश्लेषण छ । बुक क्लोज पछि कम्पनीको शेयर समायोजन हुनेछ । समायोजन पछि शेयर किन्नु भन्दा अहिले लाभांश खानेगरी शेयर किन्दा पर्ता पर्नेछ ।
प्रतिक्रिया