Nepal Life

सुन र चाँदीको भाउ २३०० रुपैयाँले बढ्यो

National Life
  • BFIS News
  • 2025 Feb Thu 10:59
सुन र चाँदीको भाउ २३०० रुपैयाँले बढ्यो
RBB

काठमाडौ, फागुन १ गते । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेकाे हो भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

NIMB

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी एक हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया