Nepal Life

केहि कार्यक्रम तथा अवार्डमा चौधरी समुहको समर्थन रहेको भन्दै गरिएको गलत प्रचार प्रति ध्यानाकर्षण

National Life
  • BFIS News
  • 2025 Feb Thu 17:44
केहि कार्यक्रम तथा अवार्डमा चौधरी समुहको समर्थन रहेको भन्दै गरिएको गलत प्रचार प्रति ध्यानाकर्षण
RBB

काठमाडौं । केहि कार्यक्रम तथा अवार्डहरुमा चौधरी समुहको समर्थन रहेको भन्दै गरिएको गलत प्रचार प्रति चौधरी समुहले आधिकारिक रुपमा ध्यानाकर्षण गराएको छ । 

NIMB

समुहले स्पष्ट रुपमा जानकारी गराउदै ति गतिविधिहरु तथा तिनका आयोजनाहरु सँग कुनै पनि सम्बन्ध तथा सहकार्य नरहेको जनाएको छ । समुहले भनेको छ 'हाम्रो नाम, पहिचान र विरासतको कुनै पनि अनधिकृत प्रयोग भ्रामक, अनुपयुक्त र कानुनी रूपमा अस्वीकार्य छ । एक जिम्मेवार व्यावसायिक संस्थाका रूपमा हामी सधैं नैतिक मूल्य, व्यावसायिक अभ्यास र पारदर्शिताको पक्षमा छौं ।'

यदि कसैले व्यक्तिगत वा संघठनात्मक लाभका लागि समुहको नाम तथा लोगोको गलत प्रस्तुतिकरण गरिएको प्रति पनि कडा भर्त्सना गरेको छ ।  सिजिले यस्ता दुरुपयोग रोक्न कानुनी प्रक्रिया अगाडी बढाइएको जनाएको छ । यदि कसैले अनधिकृत रुपमा दुरुपयोग गरेको पाइयो भने कानुनी कारबाही भोग्नु पर्ने चेतावनी समेत दिएको छ ।  

त्यसैगरी, केही मिडिया संस्थाहरूले पित पत्रकारिता प्रदर्शन गर्दै गलत सूचना तथा भ्रामक समाचार फैलाइरहेका घटनाप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ । यस्ता अनैतिक अभ्यासहरूले आम नागरिकको विश्वास कमजोर बनाउने र जिम्मेवार पत्रकारिताको विश्वसनीयता खल्बल्याउने काम गरेको भन्दै समुहले आपत्ती जनाएको छ । 

चौधरी ग्रुप नैतिक व्यवसायप्रति दृढ प्रतिबद्ध रहेको र यसको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै सबैलाई जानकारी गराएको छ । समुहले भनेको छ 'हामी नागरिक समाज, सञ्चारकर्मीहरु र सरोकारवालाहरूलाई सत्य, जवाफदेहिता र नैतिक रिपोर्टिङलाई कायम राख्दै गलत सूचना तथा ठगीपूर्ण गतिविधिहरूको विरुद्ध उभिन आग्रह  गर्दछौं ।'

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया