तङ्ग्रिदै लघुवित्त वित्तीय संस्थाहरु, खराव कर्जा घट्दा मुनाफा बढ्यो, हेर्नुहोस् कसको प्रतिशेयर आम्दानी कति ?
- BFIS News
- 2025 Feb Sat 16:10

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरु खराव अवस्थाबाट क्रमिक रुपमा तङ्ग्रिन थालेका छन् । गएका वर्षमा लघुवित्त वित्तीय संस्थाहरु ठुलो समस्यामा देखिएका थिएन । लघुवित्त वित्तीय संस्थाहरु विरुद्धका चरणबद्ध आन्दोलनले खराव कर्जा चुलिएको थियो । विभिन्न संघ संस्थाका नाममा लघुवित्तको सावा व्याज नतिर्न उस्काउने समुहका कारण कर्जा उठाउनै हेम्मे हम्मे परेको थियो ।
यहि लहरले सहकारी क्षेत्र गर्ल्याम गुर्लुम्म ढल्दा लघुवित्त वित्तीय संस्थाहरुले भने आफुलाई विस्तारै रिकभर गर्न थालेका हुन् । कमजोर नियमनका कारण सहकारी क्षेत्रका संस्थापक तथा शेयरधनीहरुले नै सर्वसाधारणको बचतलाई घरजग्गामा लगानी गर्दा उनिहरुले सर्वसाधारणको बचत फिर्ता गर्न नसक्दा खराव अवस्थामा तङ्ग्रिनु पर्यो । जवकी लघुवित्त वित्तीय संस्थामा यस्तो अवस्था थिएन ।
नेपाल राष्ट्र बैंकको कडा नियमनका कारण लघुवित्तको ऋण सर्वसाधारण लगानीकर्तामा सिमित थियो भने उक्त कर्जाको स्रोत पनि सर्वसाधारण र ठुलो बैंकहरु थिए । जसले गर्दा लघुवित्तलाई तरलता व्यवस्थापनमा सहज भयो । त्यसमा पनि नेपाल राष्ट्र बैंकको सहजीकरणले गर्दा केहि समुह तथा व्यक्तिले सावाँ तथा व्याज भुक्तानी नगर्ने अभियान चलाउदा पनि धेरै ठुलो असर परेन ।
यस अवधिमा राष्ट्र बैंकले पनि कर्जा भुक्तानी नगरेमा ऋणीलाई ठुलो नोक्सानी बेहोर्नु पर्ने भन्दै धेरै प्रचार प्रसार गर्यो । अहिले यो समुह सहकारी क्षेत्रका साथै बाणिज्य बैंकमा पनि सक्रिय छ । यस्ता कार्यले गर्दा वित्तीय क्षेत्रमा नकारात्मक असर पारेको छ ।
लघुवित्त वित्तीय संस्थाले कर्जा असुलीमा ध्यान दिए सँगै खुद व्याज आम्दानीमा सुधार देखिएको छ । नेप्सेमा सूचीकृत करिब ५० प्रतिशत लघुवित्त कम्पनीहरुको खुद नाफा शतप्रतिशतभन्दा धेरैले बढेको छ । पुस मसान्तसम्म आइपुग्दा २४ कम्पनीहरुको नाफा शतप्रतिशतभन्दा धेरैले बढेको हो । अहिले नेप्सेमा ५० लघुवित्त कम्पनीहरु सूचीकृत रहेका छन् । लघुवित्त कम्पनीहरुको खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो । यसअवधिमा नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुको खुद नाफा औसतमा ५२.६३ प्रतिशतले बढेर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी २५.०७ प्रतिशतले बढेर १४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले लाभांशमा कडाइ गर्दा कतिपय लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै देखिएको छ । अहिले सूचिकृत ५० लघुवित्त वित्तीय संस्थाको कुल चुक्ता पूँजी ३७ अर्ब ५६ करोड रहेको छ भने जगेडा कोषमा २९ अर्ब ८२ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले खराव कर्जा गणनामा खुकुलो नीति लिदा लघुवित्त वित्तीय संस्थाको खुद व्याज आम्दानी तथा मुनाफा दुबैमा सुधार देखिएको छ ।
दोस्रो त्रैमाशिक अवधिमा ५० लघुवित्त वित्तीय संस्थाले २५.०७ प्रतिशतले खुद व्याज आम्दानी बढाएका छन् । यस अवधिमा १४ अर्ब ५० करोड आम्दानी गरेका छन् । खुद व्याज आम्दानीमा सुधार सँगै ५२.६३ प्रतिशतले मुनाफा बृद्धि भएको छ । यस अवधिमा लघुवित्त वित्तीय संस्थाले २ अर्ब ३२ करोड मुनाफा आर्जन गरेका छन् ।
मुनाफा आर्जन सँग प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ । केहि लघुवित्त वित्तीय संस्थाहरु पनि अझै पनि रिकभरको चरणमै छन् । हेर्नुहोस् कुन लघुवित्तको मुनाफा कति:
प्रतिशेयर आम्दानी
प्रतिक्रिया