Nepal Life

आइएमई लाइफले डाक्यो ८ औं साधारणसभा, २१.०५ प्रतिशत नगद लाभांश पारित गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Feb 16 11:01
आइएमई लाइफले डाक्यो ८ औं साधारणसभा, २१.०५ प्रतिशत नगद लाभांश पारित गर्ने
United Ajod

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्ने प्रस्ताव सहित ८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २५ गते, आइतबार, दियो महल, धुम्बाराही, काठमाडौँमा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

Shikhar
Nepal Life
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया