सुनको भाउ तोलामा २७०० रुपैयाँले घट्यो, प्रति तोला एक लाख ६७ हजार ५०० मा कारोबार
- BFIS News
- 2025 Feb 16 11:07
काठमाडौं । नेपाली बजारमा सुनको भाउ एकै दिन प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।
यस दिन चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रबार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १५ रुपैयाँ घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया