Nepal Life

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आइपिओ निष्काशनका लागि बिक्री प्रवन्धकमा एनआइएमबी एस क्यापिटललाई गर्यो नियुक्ति

NMB Bank
  • BFIS News
  • 2025 Feb 16 19:35
ट्रष्ट माइक्रो इन्स्योरेन्सले आइपिओ निष्काशनका लागि बिक्री प्रवन्धकमा एनआइएमबी एस क्यापिटललाई गर्यो नियुक्ति
United Ajod

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००/– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु.१००/– का दरले सर्वसाधारणहरुमा निष्काशन गर्नका लागि एनआइएमबी एस क्यापिटल सँग सम्झौता गरेको हो । 

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई यस ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड वि.सं. २०८० साल कार्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० कार्तिक एक गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया