Nepal Life

बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिष्टमा, फागुन १० गते अन्तर्वातामा बोलाइयो

National Life
  • BFIS News
  • 2025 Feb Mon 10:32
बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिष्टमा, फागुन १० गते अन्तर्वातामा बोलाइयो
RBB

काठमाडौं । नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिकाे अध्यक्ष पदका लागि आवेदन दिएकाहरुमध्ये ५ जना सर्टलिष्टमा परेका छन्। प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सर्टलिष्टमा परेको सूचना सार्वजनिक गरेको हो।

NIMB

आवेदकमध्ये रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् भने चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन् । बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र पुडासैनी पूर्वराजस्व सचिव हुन् । हाल उनी कृषि विकास बैंकका अध्यक्ष छन् । ओझा पत्रकार हुन् ।

संक्षिप्त सूचीमा परेकाहरुलाई अब समितिले प्रस्तुतिकरण र अन्तर्वार्ता लिने छ । प्रस्तुतिकरण र अन्तर्वार्ता अर्थ मन्त्रालयमा फागुन १० गते दिउँसो २ बजे तोकिएको छ ।

त्यसपछि संक्षिप्त सूचीमा परेका पाँच जनामध्येबाट तीनजनाको नाम समितिले सिफारिस गर्नेछ । ती तीन जनामध्ये एकजनालाई मन्त्रिपरिषद्ले बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष नियुक्त गर्नेछ ।

अध्यक्षका लागि आवेदन दिने मध्ये डा. देवराज रोका, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डिमप्रसाद पौडेल, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ पहिलो चरणमै बाहिरिएका छन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार