बैंक तथा वित्तीय संस्थाहरूको कर्जा असुलीमा देखिएका समस्या र समाधानका उपायहरू, मीनराज पोखरेलको लेख
- मीनराज पोखरेल
- 2025 Feb Mon 12:02

विषय प्रवेश : कुनै पनि व्यक्ति तथा संस्थाले ऋण वा कर्जा लिएपछि उक्त ऋण वा कर्जा निश्चित ब्याजसहित फिर्ता गर्नुपर्छ । तर विभिन्न अवस्थामा कर्जाग्राहीहरुले कर्जाको साँवा ब्याज फिर्ता नगरेर बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न समस्याहरु भोग्नु परिरहेको छ । विशेषगरी पछिल्लो समय कोभिडको समयपश्चात नेपालको समग्र आर्थिक अवस्थामा सुस्सता आउनुका साथै बैंक तथा वित्तीय संस्थाहरुको अवस्था पनि निकै चुनौतीपूर्ण रहेको छ ।
वर्तमान अवस्थामा एकातिर रेमिट बढेको छ, सरकारसँग मुद्रा सञ्चिति बढिरहेको छ, बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढिरहेको छ, कर्जा तथा निक्षेपको ब्याजदर घटिरहेको अवस्था छ तापनि कर्जा विस्तार हुन सकेको छैन । देशमा रोजगारीका अवसरहरु नभएर दिनानुदिन युवाशक्ति विदेश पलायन भइरहेका छन् । आवश्यक मात्रामा उद्यमशीलता विकास र विस्तार हुन सकेको छैन । पुँजी लगानी गरी औद्योगिक तथा व्यावसायिक क्षेत्रमा निजी क्षेत्रले लगानी गर्न आनाकानी गरिरहेको अथवा ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ । देशको विकास निर्माणमा सघाउ पु¥यााउने निर्माण व्यवसायीहरु समस्यामा छन् र समग्र निर्माण क्षेत्रमा र ठूला पूर्वाधार विकासमा निजी क्षेत्र अग्रसर हुन सकेको छैन । यसको समग्र असर बैंक तथा वित्तीय क्षेत्रमा परेको देखिन्छ । कर्जा ग्राहकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जाको ब्याज तथा साँवाको किस्ता तोकिएको समयमा फिर्ता गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा असुलीको विषय प्रमुख चुनौतीको रुपमा आइरहेको छ ।
दिनानुदिन कालोसूचीमा पर्ने व्यवसायीहरुको संख्या थपिइरहेको छ । कर्जा असुलीका लागि कालोसूचीमा राख्ने र धितो लिलामीका सूचनाले अखवारका पानाहरु भरिएको अवस्था छ भने अर्कोतिर केही समयअघि दोहोरो अंकमा रहेको ब्याजदर एकल अंकमा आउँदा समेत कर्जाको विस्तार हुन सकिरहेको छैन । एकातिर कर्जा विस्तार गरी औद्योगिक कलकारखानाहरु स्थापित गर्ने र रोजगारी सृजना गर्ने तथा व्यक्तिको आम्दानी बढाउने एवं आर्थिक अवस्थालाई प्रभावकारी रुपमा चलायमान बनाई सर्वसाधारणमा सर्वसुलभ रुपमा वस्तु तथा सेवाहरु उपलब्ध गराउने, विकासका आधारभूत संरचनाहरुको निर्माण गर्ने, पूर्वाधार विकासको क्षेत्रमा टेवा पु¥याउने, रोजगारीका अवसर सृजना गर्ने र सामाजिक न्यायका आधारमा आर्थिक वृद्धि गर्ने कार्यमा निजी क्षेत्र तथा सार्वजनिक क्षेत्रको प्रभावकारितामा विस्तार हुन सकेको अवस्था छैन । जसले गर्दा रोजगारीका अवसरहरु सिर्जना हुन नसकेकोले र जनताको आयस्तरमा वृद्धि हुन सकेको अवस्था नभएकोले पनि बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुलीमा समस्या आइरहेको देखिन्छ ।
विभिन्न कारणले गर्दा हाल बैंकको साँवा ब्याज असु हुने क्रम घट्दो छ । कतिपयले आनो क्षमता भएर पनि कर्जाको साँवा ब्याज तिरेका छैनन् भने कतिपयले आनो कर्जा तिर्नसक्ने क्षमतामा आएको कमीको अवस्थाले गर्दा कर्जाको साँवा ब्याजको किस्ता तिरेका छैनन् । विवादित व्यक्ति मेडिकल व्यवसायी दुर्गा प्रसाईं तथा तथाकथित विभिन्न संघर्ष समितिका उक्साहटमा समेत कर्जाको साँवा ब्याज नतिर्नेहरुको संख्या बढ्दो छ, जसका कारण बैंक तथा वित्तीय संस्थाहरु समस्यामा परेको अवस्था छ । कर्जाको साँवा ब्याज उठ्ने क्रममा आएको ह्रासका कारण बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको अंश निरन्तर बढ्दो छ । यसरी कर्जाको साँवा ब्याजको किस्ता समयमा नतिर्दा बैंक तथा वित्तीय संस्थाहरु समस्यामा पर्ने अवस्था आइरहेको छ । केन्द्रीय बैंकबाट जारी तथ्यांकअनुसार पछिल्ला दुई आर्थिक वर्षमा निष्क्रिय कर्जाको ग्राफ बढ्दो छ जुन बैंक वित्तीय क्षेत्रमा चिन्ताको विषय हो । त्यसैले कर्जा असुलीका लागि विभिन्न प्रयासहरु गर्नुपर्ने अवस्था आएको देखिन्छ । कर्जा असुलीका लागि गर्नुपर्ने विभिन्न प्रयासहरू
१. व्यक्तिगत सम्पर्क तथा ग्राहकसँग प्रत्यक्ष भेटघाटः
कर्जाको साँवा ब्याज बुझाउनुपर्ने ग्राहकहरुसँग व्यक्तिगत सम्पर्क तथा ग्राहकसँग प्रत्यक्ष भेटघाटको माध्यमबाट कर्जा असुली गर्न सकिन्छ । यसका लागि जहिले पनि ग्राहकसँग सौहार्दपूर्ण सम्पर्क स्थापित गरी कर्जा असुली कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ ।
२. कर्जा पुनर्ससरचनाः
कतिपय अवस्थामा कर्जा ग्राहकले कर्जा साँवा ब्याजको किस्ता रकम बुझाउने इच्छा गर्दागर्दै पनि बाढी, पहिरो, दैवीप्रकोप आदि जस्ता विभिन्न कारणहरु तथा व्यवसायमा आएको मन्दीका कारण ऋणीलाई किस्ता रकम बुझाउन गाह्रो भएको अवस्थामा कर्जाका सर्तहरुमा केही परिवर्तन गर्ने, किस्ता रकम घटबढ गराई, भुक्तानी अवधि बढाई कर्जा पुनर्संरचना गरेर पनि कर्जा असुलीमा सहजीकरण गर्न सकिन्छ ।
३. तथ्यांकको विश्लेषणः
मासिक, पाक्षिक र साप्ताहिक रुपमै तथ्यांकको विश्लेषण गरी कर्जाको गुणस्तर असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब वर्गमा रहेका कर्जाको परिमाणको विश्लेषण गरी कर्जा असुली कार्यक्रम सञ्चालन गर्ने र सोको आधारमा कर्जा असुली कारबाहीलाई प्रभावकारी रुपममा सञ्चालन गर्न सकिन्छ ।
४. कार्य विभाजन तथा जिम्मेवारीः
कर्जा असुली तथा संकलन कार्यमा कार्यरत कर्मचारीहरुलाई कर्जा असुलीका लागि तरताकेता फिल्ड परिचालन तथा असुली कारबाही सञ्चालनका लागि प्रत्येक कर्मचारीलाई क्षेत्रगत आधारमा जिम्मेवारी तोक्ने र सोहीअनुसार कर्जा असुली कार्यक्रमहरु सञ्चालन गरी कर्जा सावाँ ब्याज किस्ता असुल उपर गर्न सकिन्छ ।
५. सूचना प्रकाशनः
निर्धारित समयमा साँवा ब्याजको किस्ता नतिर्ने ऋणीहरुलाई तत्काल कर्जा बुझाउने बारेको स्मरणपत्र बुझाउने, विभिन्न सूचना प्रविधि (-Viber, Messenger, SMS, IMO, What'sapp etc.)
को उच्चतम प्रयोग गरी तथा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम भइसकेको र कर्जा दुरुपयोग गरेका ऋणीहरुलाई तत्काल कर्जा बुझाउने बारेको पत्रपत्रिकामा २१ दिने सूचना, कालोसूचीमा राखिने बारेको ३५ दिने सूचना, धितो लिलामी कारबाही लगायतका सूचना प्रकाशन गरी कर्जा राफसाफ गर्न सकिन्छ ।
६. कानुनी कारबाहीः
विभिन्न कर्जा ग्राहकहरुसँग निजले बुझाउनुपर्ने साँवा ब्याज किस्ता रकम असुलीका लागि निज ग्राहकहरुसँग सौहार्दपूर्ण सम्बन्ध स्थापित गरी असुली प्रयास गर्दा, कर्जाग्राहीलाई कालोसूची सूचना प्रकाशन गर्दा, पत्रिकामा धितो लिलामीको सूचना प्रकाशित गर्दा समेत कर्जा असुल भएन भने कालोसूचीमा राख्ने तथा ऋणीको सम्पत्ति जफत गर्न मुद्दा समेत दायर गरेर पनि कर्जा असुल गर्न सकिन्छ ।
७. छुट प्याकेजः
कर्जाग्राहीको मृत्यु भएका, दैवी प्रकोपबाट परियोजना क्षति भई मर्कामा परेका, अदालतमा रहेका विचाराधीन मुद्दा लगायतका कारणबाट असुलउपर हुन नसकेका कर्जाको सत्यतथ्य पत्ता लगाई दैवी प्रकोप लगायतका कारणबाट ग्राहकलाई मर्का परी कर्जा बुझाउन नसकेका ऋणीहरुलाई निश्चित मापदण्डका आधारमा निश्चित प्रतिशतले ब्याज छुट दिई कर्जा राफसाफ गर्न सकिन्छ ।
कर्जा असुलीमा देखिएका प्रमुख चुनौतीहरू कर्जा असुली आफैंमा एक जटिल प्रक्रियासँगसँगै कुनै पनि वित्तीय संस्थाको लागि एक महङ्खवपूर्ण पक्ष हो । अहिले मुलुकमा कर्जा असुलीमा विभिन्न चुनौतीहरु देखिएका छन् । बैंक तथा वित्तीय संस्थाको कर्जा असुल भएन भने बैंकहरुको आम्दानीमा प्रत्यक्ष असर पर्दछ दैनिकजसो अखबारका पानाहरुमा बैंक कर्मचारी र कर्जा ग्राहक बीचमा भएका विवादहरुका समाचार छापिएका हुन्छन् ।
सरकारले अगाडि बढाएको तीनखम्बे अर्थनीति अन्तर्गत एउटा खम्बा सहकारी क्षेत्रमा अलि बढी देखिएको छ । जनसाधारणमा सहकारीप्रतिको विश्वासमा कमी आइरहेको छ कतिपय सहकारीहरु वास्तवमा समस्याग्रस्त छन् भने कतिपय राम्रा सहकारीहरु अफवाहको शिकार भएका छन् । सहकारी एवं बैंक तथा वित्तीय संस्थाहरुका कर्जाको साँवा ब्याज तिर्नुपर्दैन भन्नेहरुको कारण तथा आर्थिक अवस्थामा आएको समस्याका कारण कर्जा असुलीमा समस्या देखिएको छ । यस अवस्थाहरुलाई विचार गर्दा कर्जा असुलीमा देखिएका चुनौतीाहरुलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ ।
१. कर्जाग्राहीको भुक्तानी क्षमतामा आएको कमीः
कर्जाग्राहीको कर्जा तिर्न सक्ने क्षमतामा कमी आउनुका कारणहरुमा आर्थिक मन्दी, बरोजगारी, प्राकृतिक प्रकोप, दैविक विपत्ती जस्ता विभिन्न कारणहरु हुन सक्छन् । कर्जा साँवा ब्याजको किस्ता नियमित तिरिरहेका ग्राहकहरुको अवस्थामा पनि परिस्थितिजन्य कारणले आर्थिक अवस्था खराब हुन जाने र कर्जा असुलीमा समस्या हुन सक्छ ।
२. कर्जा असुली प्रक्रियामा हुने ढिलाइः
कर्जा असुलीमा हुने प्रक्रियागत कारणले गर्दा पनि असुलीमा समस्या हुन सक्छ । नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन एवं बैंक तथा वित्तीय संस्थाका आना नीति नियममा भएका प्रक्रियाहरु पूरा गर्दा पनि कर्जा असुली प्रक्रिया ढिलो हुन जाने र असुलीमा लामो समय लाग्न सक्छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै समय आर्थिक नोक्सान हुन सक्छ ।
३. कर्जाग्राहीको असुलीमा असहयोग तथा अनिच्छाः
कतिपय कर्जाग्राहीहरुको कर्जा तिर्ने क्षमता हुँदाहुँदै पनि कर्जा तिर्न आनाकानी गर्ने प्रवृति हुन्छ । कर्जा लिएका व्यक्तिहरु कर्जाको साँवा ब्याज तिर्ने समयमा उनीहरुको संस्थालाई असहयोग गर्ने र अनेक लफडाबाजी गर्ने बानी हुन्छ । कतिपयले हेल्चेक्र्याइँ गर्छन् त कतिपयको जानाजानी पनि कर्जाको साँवा ब्याज किस्ता नतिर्ने गर्दछन् । यसले पनि कर्जा असुलीमा समस्या आउन सक्छ ।
४. ऋण सम्झौता लिखत कमजोरः
बैंक तथा वित्तीय संस्थाका कानुनी प्रावधान तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम गर्नुपर्ने विभिन्न लिखत, तमसुक, मञ्जुरीनामा, जेथाजमानी आदिमा हुनुपर्ने र गर्नुपर्ने प्रावधानहरु अनुसार लिखतहरु तयार नहुनाले पनि कर्जा असुलीमा समस्या भइरहेको हुन्छ । ऋणीहरुसँग गरिएका विभिन्न लिखतमा भएका सर्त सुविधा स्पष्ट कुराहरु नराखी सर्त सम्झौता गर्ने गर्दा विभिन्न समस्याहरु भोग्नु परेको र कतिपय अवस्थामा ऋण असुली गर्न नसकिएको अवस्थाहरुले गर्दा बैंक तथा वित्तीय संस्थाहरुले समस्या सामना गर्नु परिरहेको छ ।
५. समय एवं स्रोतसाधनको कमीः
कार्यालयहरुमा असुलीका लागि फिल्ड जानका लागि सवारी साधान, कर्मचारीहरुको कमीले पनि कर्जा असुलीमा समस्या आउन सक्छ । सीमित स्रोत साधनबाट धेरै काम गर्नुपर्दा कर्जा असुली प्रक्रिया लम्बिने र असुल नहुने समस्या पर्न सक्छ । यसरी स्रोत साधनको कमी र दक्ष जनशक्तिको अभावमा पनि कर्जा असुलीमा कठिनाइ हुन सक्छ ।
६. सकार/कबोल गरेको सम्पत्ति उपभोग गर्न समस्याः
कर्जा दुरुपयोग गर्ने तथा समयमा साँवा ब्याजको किस्ता नतिर्ने कर्जाग्राहीहरुको चल, अचल सम्पत्ति कब्जा गर्ने प्रक्रियामा विभिन्न डर धम्की दिने, प्रशासनिक तथा राजनीतिक दबाब दिने, बैंक तथा वित्तीय संस्थाका बारेमा विभिन्न दुष्प्रचारहरु गर्ने, सामाजिक सञ्जालमा अनावश्यक अफवाह फैलाउने, भीड जम्मा गरेर कर्मचारीलाई तर्साउने जस्ता क्रियाकलापले गर्दा सम्पत्ति कब्जा गर्न कठिनाइ हुने हुँदा कर्जा असुलीमा समस्या आउन सक्छ ।
७. कर्जाग्राही पलायन तथा परियोजना स्थानान्तरणः
कतिपय कर्जाग्राही कर्जाको साँवा ब्याज किस्ता तिर्नबाट बच्नका लागि आफू बसिरहेको ठाउँबाट अन्यत्र पलायन हुने तथा परियोजना एक ठाउँबाट अन्यत्र सार्ने प्रवृत्तिले गर्दा पनि कर्जा असुलीमा समस्या आउँछ । विशेषगरी स्रोत साधनको कमीका कारण समयमा कर्जा अनुगमन तथा परियोजना निरीक्षण गर्न नसक्दा कर्जाग्राहीहरु एक ठाउँबाट अर्को ठाउँमा पलायन हुने र परियोजना स्थानान्तरणका कारणले कर्जा ग्राहकसँग नियमित सम्पर्क हुन नसक्दा कर्जा असुलीमा समस्या आउन सक्छ ।
८. वित्तीय संस्थाको कमजोर जोखिम विश्लेषणः
कर्जा लगानी गर्दा जोखिम विश्लेषणका विभिन्न पक्षलाई प्रभावकारी रुपमा विश्लेषण गर्नुपर्ने हुन्छ । जोखिम विश्लेषणका विभिन्न पक्षहरु जस्तैः कर्जाग्राहील साँवा ब्याज किस्ता समयमा तिर्न नसक्दा वा वित्तीय अनुशासन पालना नगरेको अवस्थामा त्यसबाट पर्न सक्ने वित्तीय जोखिम, कानुनी नीतिनियम सम्बन्धी व्यवस्थाले हुने जोखिम, सामाजिक वातावरणीय जोखिम, कम्प्लायन्स पूरा नगर्दा हुनसक्ने जोखिम, धितोमा आउने ह्रासका कारण हुनसक्ने जोखिमका पक्षहरुलाई र त्यस्ता जोखिममा हुने विभिन्न अन्तरनिहित पक्षहरुको विश्लेषण गरिएन भने पनि त्यस्तो कर्जा असुलीमा समस्या आउने भएकोले कर्जा लगानी पूर्व कर्जाग्राही तथा कर्जाको विभिन्न पक्षहरुको जोखिम विश्लेषण गरी सोको मापन गर्ने र स्वीकारयोग्य सीमाभित्र भएमा मात्र कर्जा स्वीकृति गर्ने गर्नुपर्छ । कर्जा असुलीमा देखिएका समस्या समाधानका उपाय:
१. कर्जा ग्राहकको प्रभावकारी अनुगमन गर्नेः
कुनै पनि कर्जा प्रवाह गरिसकेपछि उक्त कर्जाको नियमित अनुगमन गर्नुपर्छ जसले गर्दा उक्त कर्जा सही सदुपयोग भए नभएको, व्यवसायबाट हुने आम्दानीको सही सदुपयोग भए नभएको सम्बन्धमा नियमित अनुगमन गरी कर्जाग्राहीले समयमा साँवा ब्याजको किस्ता बुझाएको नबुझाएको नियमित अनुगमन गर्नुपर्दछ ।
२. कर्जा ग्राहकलाई प्रारम्भिक चेतावनी प्रणालीको विकास गर्नेः
कर्जा ग्राहकलाई कर्जा आवेदन गर्नुभन्दा अगाडि नै कर्जा नियमित गर्न नसकेमा त्यसबाट सिर्जित समस्याहरुका बारमा जानकारी गराउनुपर्छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जा भनेको बैंकमा सर्वसाधारणले आनो सुखदुःख गरी जम्मा गरको निक्षेप हो भन्ने बुझ्नु पर्दछ । सोअनुसार कर्जाग्राहीले कर्जा लिँदा बैंक तथा वित्तीय संस्थाहरुले तोकेको सर्त तथा करारनामा अनुसार कर्जा साँवा ब्याज फिर्ता नगरमा संस्थाको तर्फबाट गरिने कारबाहीका बारेमा उनीहरुलाई जानकारी गराउनुपर्दछ ।
३. कर्जाग्राहकसँग खुला सम्वाद तथा समस्याहरूका एक आपसमा छलफल गर्नेः
कुनै अवस्थामा कर्जाग्राहीलाई विभिन्न खालका समस्या पर्नसक्ने र त्यस्ता विभिन्न खालका अप्ठयारो अवस्थाहरुका कारण कर्जा नियमित नभएको हुन सक्छ । त्यस्तो अवस्थामा बैंक कर्मचारी र कर्जाग्राहीले एकआपसमा समस्याहरुका बारेमा छलफल गरी समाधानका उपायहरु पहिल्याउँदा कर्जा असुलीमा सहजता हुन सक्छ ।
४. वित्तीय साक्षरता विस्तार गर्नेः
वित्तीय साक्षरताको माध्यमबाट कर्जा दुरुपयोगबाट हुने हानी नोक्सानी, कर्जा लिएर व्यावसायिकता कसरी विकास गर्ने, कारोबारको हिसाबकिताब कसरी राख्ने, कर्जा नियमित गरेमा त्यसबाट हुने फाइदा आदि विभिन्न कुराका बारेमा कर्जाग्राहीलाई जानकारी दिएर पनि कर्जा असुलीमा परेका समस्या समाधान गर्न सकिन्छ ।
५. प्रभावकारी कानुनी प्रक्रिया अपनाउनेः
कर्जा साँवा ब्याज किस्ता रकम असुलीका लागि विभिन्न कानुनी प्रक्रियाहरु कर्जा साँवा ब्याज किस्ता तिर्ने बारेको, धितो लिलामीको, कालोसूचीमा राख्ने बारेका विभिन्न सूचनाहरु निकाल्ने तथा कालोसूचीमा राख्ने एवं कर्जाका लागि राखिएको धितो कब्जा गर्ने विभिन्न प्रभावकारी कानुनी प्रक्रियाहरु अपनाएर कर्जा असुली गर्न सकिन्छ ।
६. नियमित तालिमको व्यवस्था गर्नेः
कर्जा असुली कार्यमा संलग्न कर्मचारीलाई कर्जा असुली प्रक्रियामा आउने विभिन्न समस्या तथा कर्जा असुलीका लागि अपनाउने कानुनी तथा विभिन्न विषयहरुमा उनीहरुको कार्यक्षमतामा अभिवृद्धि गर्न कर्मचारीहरुलाई नियमित तालिम प्रदान गर्नुपर्दछ । यस्ता तालिमका कारण उनीहरुको कार्यक्षमता तथा कार्यदक्षतामा अभिवृद्धि भई कर्जा असुली कार्यलाई प्रभावकारी बनाउन सकिन्छ ।
७. ऋण असुली एजेन्सीहरूको प्रभावकारितामा वृद्धि तथा सरोकारवालाहरूसँग समन्वय गर्नेः
कर्जा असुली कार्यमा संलग्न विभिन्न एजेन्सी तथा सरकार नियामक निकाय, अन्य वित्तीय संस्थाहरुसँग प्रभावकारी समन्वय स्थापित गरेरपनि कर्जा असुलीमा भएका विभिन्न समस्याहरु समाधान गर्न सकिन्छ र कर्जा असुलीको वातावरणलाई सुधार गर्न सकिन्छ ।
८. विभिन्न प्रविधिहरूको प्रयोग गर्नेः
कर्जा असुलीका लागि परम्परागत पद्धतिका अलावा विभिन्न प्रविधिहरुको प्रयोग गरी कर्जा असुली प्रक्रियालाई छिटोछरितो एवं भरपर्दो बनाई कर्जा असुली कार्यलाई सुधार गर्न सकिन्छ । यसले गर्दा पनि कर्जा असुली कार्य प्रभावकारी हुन सक्छ ।
९. वित्तीय संस्थाका कर्मचारीको क्षमता अभिवृद्धि गर्नेः
बैंकका कर्मचारीलाई तालिम, गोष्ठी, वैदेशिक भ्रमण, अनुभव आदान प्रदान आदि जस्ता विभिन्न माध्यमबाट उनीरुको क्षमता अभिवृद्धि गरी कर्जा असुली प्रक्रियालाई प्रभावकारी बनाउन सकिन्छ । कर्जा असुल गर्दा कर्जाग्राहीले नियमित साँवा ब्याज नतिरेको अवस्थामा कर्जाग्राहीको सम्पत्ति समेत कब्जा गर्नुपर्ने हुन सक्छ र यसरी कर्जा असुलउपर गर्दा विभिन्न कानुनी तथा प्रशासनिक झमेला समेत आउन सक्ने भएकोले सोका बारेमा कर्मचारीहरुलाई जानकार बनाउन कर्मचारीको क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ ।
यसरी विभिन्न पक्षहरुलाई केलाउँदा कर्जा असुली प्रक्रिया एक जटिल प्रक्रिया हो । यसका लागि कर्जा असुली प्रक्रियामा संलग्न विभिन्न पक्षहरुको महङ्खवपूर्ण भूमिका रहेको हुन्छ र माथि उल्लेख गरिएका विभिन्न उपायहरुलाई प्रभावकारी रुपमा अपानाइयो भने कर्जा असुली कार्य प्रभावकारी हुन सक्छ ।
सन्दर्भ सामग्री
- कृषि विकास बैंक, कर्जा असुली कार्यविधि २०७७ ।
- कृषि विकास बैंक, समस्याग्रस्त कर्जा असुली तथा गैह्र बैंकिङ्ग सम्पत्ति राफसाफ गर्ने निर्देशिका, २०८१ ।
- कृषि विकास बैंक, वार्षिक बजेट कार्यक्रम २०८१।८२ ।
- विभिन्न समसामयिक लेखहरु ।
- सार्वजनिक संस्थाहरुको वार्षिक स्थिति समीक्षा, अर्थ मन्त्रालय, नेपाल सरकार ।
(लेखक मीनराज पोखरेल कृषि विकास बैंकका उपमहाप्रबन्धक हुन् । प्रस्तुत लेख कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव स्मारिकाबाट लिइएको हो ।)
प्रतिक्रिया