Nepal Life

सानिमा क्यापिटलको पहिलो खुलामुखी योजना सानिमा फ्लेक्सी फण्डको आइपिओ फागुन ६ गतेदेखि निष्काशन हुने

National Life
  • BFIS News
  • 2025 Feb Mon 18:49
सानिमा क्यापिटलको पहिलो खुलामुखी योजना सानिमा फ्लेक्सी फण्डको आइपिओ फागुन ६ गतेदेखि निष्काशन हुने
RBB

काठमाडौं । सानिमा बैंक कोष प्रवर्द्धक र सानिमा क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “सानिमा म्युचुअल फण्ड” अन्तर्गत संचालित पहिलो खुलामुखी योजना सानिमा फ्लेक्सी फण्डले यहि फागुन ६ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ । 

NIMB

। 

यो सानिमा म्युअुल फण्डको चौथो योजना हो । “सानिमा फ्लेक्सी फण्ड”ले नेपाल धितोपत्र बोर्डबाट यहि मिति २०८१, माघ ०२ गते अनुमति प्राप्त गरेको थियो । यस योजनाले पहिलो चरणमा रु. १ अर्ब रुपैयाँको आकार रहने छ ।

सानिमा फ्लेक्सी फण्डले प्रति अंकित मूल्य १० रुपैयाँको दरले १० करोड इकाइ मध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा सार्वजनिक निष्काशन गर्ने भएको हो । 

उक्त निष्काशन गरिने इकाई मध्ये योजनाको कुल आकारको १५ (पन्ध्र) प्रतिशत अर्थात १,५०,००,००० (एक करोड पचास लाख) इकाई मध्ये कोष प्रवर्द्धक सानिमा बैंक लिमिटेडलाई १३ प्रतिशत अर्थात १,३०,००,००० (एक करोड तीस लाख) इकार्ई तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई २ प्रतिशत अर्थात २०,००,००० (विस लाख) इकाई सुरक्षित राखी बाँकी रहने ८,५०,००,००० (आठ करोड पचास लाख) इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा २,५०,००,००० (दुई करोड पचास लाख) इकार्ई सार्वजनिक रुपमा बिक्रीको लागि खुल्ला गर्ने भएको हो । 

यस योजना एक खुलामूखी प्रकृतिको योजना भएकाले यसका इकाईहरु कुनै पनि धितोपत्र बजारमा सूचिकरण नहुने हुँदा यस योजनाको सार्वजनिक निष्काशन पश्चात दोस्रो चरणमा सामूहिक लगानी कोष नियमावली, २०६७ वमोजिम योजनाको इकाई योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरकहरु मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरिनेछ ।

जस अन्तर्गत यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको कार्यालय सम मार्ग, नक्साल वा तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजना (Systematic Investment Plan- SIP) मार्फत सहभागी भई लगानी गर्न सक्नेछन् ।

सानिमा बैँकको पूर्ण स्वामित्वमा रहि विगत ९ बर्षदेखी संचालनमा रहेको नेपालको पूँजी बजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापकत्वमा सानिमा म्युचुअल फण्ड अन्तर्गत यस अघि नै तीन वटा बन्दमुखी योजनाहरु समेत संचालनमा रहेको छ ।

जसमध्ये सानिमा इक्विटी फण्डले आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेको र इकाईधनीहरुलाई लगानी रकम फिर्ता गर्ने चरणमा रहेकोमा उक्त योजनाको अवधिभरमा कुल बार्षिक औसत प्रतिफल १७.५ प्रतिशत रहने अनुमान गरीएको छ ।

“सानिमा फ्लेक्सी फण्ड” सर्वसाधारणहरुका लागी मिति २०८१/११/०६ देखि छिटोमा २०८१/११/११ र ढिलोमा २०८१/११/२० गते सम्म इकाई बिक्री खुला हुँदैछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. ४ करोड सम्म लगानीका लागी आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार