Nepal Life

सामसङले बनाउँदै नेपालकै पहिलो राष्ट्रिय ईस्पोट्र्स लिगलाई उत्कृष्ट

NMB Bank
  • BFIS News
  • 2025 Feb 21 18:16
सामसङले बनाउँदै नेपालकै पहिलो राष्ट्रिय ईस्पोट्र्स लिगलाई उत्कृष्ट
United Ajod

काठमाडौं । नेपालको पहिलो राष्ट्रिय ईस्पोट्र्स च्याम्पियनसिप आज फागुन ८ देखि १०, २०८१ सम्म दशरथ रङ्गशाला, काठमाडौँमा सुरु भएको छ। यो प्रतियोगितामा नेपालका उत्कृष्ट ईस्पोट्र्स खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्यांग ब्यांग, ई–फुटबल लगायतका ६ प्रमुख ई–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन्।

Shikhar
Nepal Life
NIMB

नवीनतम प्रविधि र नवचारको अगुवाइ गर्ने सामसङ यस ऐतिहासिक इभेन्टको प्रमुख भाग बन्न पुगेको छ, जहाँ प्रोफेसनल गेमरहरूले हालै मात्र सार्वजनिक गरिएको ग्यालेक्सी एस२५ अल्ट्रामा प्रतिस्पर्धा गरिरहेका छन् भने प्रतियोगिताको ई–फुटबल ग्रान्ड फिनाले सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा खेलिने छ।  

यस इभेन्टमा दर्शकहरूका लागि सामसङ एक्सपिरिएन्स जोनहरू पनि उपलब्ध छन्, जहाँ दर्शकहरूले सामसङका नवीनतम उपकरणहरू, र विशेष गरी ग्यालेक्सी एस२५ सिरिजलाई, प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने छन्।  

“सामसङ सधैँ उच्च–प्रदर्शनयुक्त उपकरणहरू प्रदान गर्दै मोबाइल गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्याउन प्रतिबद्ध छ। ग्यालेक्सी एस२५ अल्ट्राले गेमिङको अनुभवलाई नयाँ उचाइमा पुराएको छ। स्न्यापड्रागन ८ एलिट प्रोसेसर, ६.९–इन्चको इमर्सिभ डिस्प्ले र १२०हर्ज रिफ्रेस रेटको साथ, यो स्मार्टफोन ती गेमरहरूका लागि डिजाइन गरिएको हो, जो पिक पर्फर्मेन्सको माग राख्छन्। क्वालकम इन्जिनियरहरूसँगको हाम्रो सहकार्यले डिभाइसको स्पीड र तापमान व्यवस्थापनलाई उत्कृष्ट बनाएको छ, जसले गर्दा खेलाडीहरूले कठिन गेमप्लेका दौरान कुनै अवरोध बिना प्रतिस्पर्धा गर्न सक्नेछन्। नेपालको ईस्पोट्र्स क्षेत्र तीव्र गतिमा अघि बढिरहेको छ, र सामसङ यो यात्रामा नेपाली गेमरहरूलाई यो नयाँ प्रविधिको साथ सहयोग गर्न पाउँदा गर्व गर्छ“, सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितले भने। 

ईस्पोट्र्स प्रतिस्पर्धाहरू मात्र नभई, यो इभेन्टमा दर्शकहरूको मनोरञ्जनका लागि वाङ्देन शेर्पा, कुमा सागर जस्ता चर्चित कलाकारहरूको सङ्गीतात्मक प्रस्तुति तथा फुड स्टलहरू, इन्टरएक्टिभ एक्सपिरियन्स जोनहरू, र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया