Nepal Life

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सरद ओझा नियुक्त, सबैभन्दा सानो उमेरमा पत्रकारिता क्षेत्र हुँदै नियामकको नेतृत्वमा

National Life
  • BFIS News
  • 2025 Feb Mon 22:14
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सरद ओझा नियुक्त, सबैभन्दा सानो उमेरमा पत्रकारिता क्षेत्र हुँदै नियामकको नेतृत्वमा
RBB

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सरद ओझालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको बागडोर सम्हाल्ने जिम्मेवारी प्रदान गरेको छ । 

NIMB

उनि नियामक क्षेत्रकै सबैभन्दा कान्छा कार्यकारी प्रमुख बन्न सफल भएका छन् । ३३ वर्षका ओझाको पत्रकारिता, शिक्षण र व्यवस्थापकीय क्षेत्रमा १२ वर्षको अनुभव रहेको छ । उनले यस भन्दा अगाडी नेपाल उद्योग परिसंघ र नेपाल उद्योग बाणिज्य महासंघ लगायतका निजी क्षेत्रका संस्थाहरुमा कार्य गरिसकेका छन् । यद्यपी उनका लागि बीमा क्षेत्र एकदमै नया रहेको छ । उनले नेतृत्व गर्ने संस्थाको निर्देशक तथा कार्यकारी निर्देशक नै ५ दशक पार गरिसकेका अधिकृतहरु छन् । 

नेपाली कांग्रेस निकट मानिने ओझा सभापती देउवाको जोडबलमा अध्यक्ष बन्न सफल भएको चर्चा छ । व्यवस्थापन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्मको अध्ययन गरेका उनको सबैभन्दा लामो अनुभव शिक्षण र पत्रकारितामा धेरै छ । 

अचम्मको कुरा के छ भने बीमा क्षेत्रका अनुभवी व्यक्तित्व र पुर्व सचिव समेत रहेका रामशरण पुडासैनीलाई पछाडी पार्दै ओझा अध्यक्ष बनेका छन् । उनका लागि अवको यात्रा केहि चुनौती पुर्ण छ भने काम गर्ने राम्रो अवसर पनि । बीमा क्षेत्रमा अझै पनि विकास गर्ने ठाउँ छ ।

यस अगाडीका अध्यक्ष सूर्य प्रसाद सिलवालले ल्याएको मर्जरको नीतिलाई उनले सफल पार्ने राम्रो अवसर छ भने लघु बीमा कम्पनीहरुको क्षेत्रमा अझै काम गर्ने ठाउँ छ । उनले बीमा क्षेत्रमा नयाँ कम्पनी खोल्ने भन्दा पनि भएका कम्पनीहरुलाई नै थप व्यवस्थित गर्दै अगाडी बढ्नु पर्ने अवस्था छ । यसका लागि उनले नेपाल बीमा प्राधिकरण भित्रकै नेतृत्वलाई साथमा लिनु पर्ने छ ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया