Nepal Life

सानिमा रिलायन्स इन्स्योरेन्सको लाभांश घोषणा, ५ अर्ब न्युनतम पूँजी जुटाएर ८ प्रतिशत नगद लाभांश वितरण गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Feb 25 10:46
सानिमा रिलायन्स इन्स्योरेन्सको लाभांश घोषणा, ५ अर्ब न्युनतम पूँजी जुटाएर ८ प्रतिशत नगद लाभांश वितरण गर्ने
United Ajod

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ९.२४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाषणा गरेको हो। जसमध्येमा १.२४ बोनस शेयर वितरण गर्ने घाषणा गरेको भएको छ भने ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।

फागुन १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।

हाल सानिमा रिलायन्स लाइफको चुक्ता पूँजी ४ अर्ब ९५ करोड रहेको छ । १.२४ प्रतिशत बोनस शेयर वितरण पश्चात पूँजी ५ अर्ब पुग्नेछ । कम्पनीले न्युनतम पूँजी जुटाएर यस पटक शेयरधनीलाई नगद दिने भएको हो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया