Nepal Life

युनाइटेड मर्दीको ४ प्रतिशत बोनस शेयर घोषणा, सत प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित डाक्यो साधारणसभा

NMB Bank
  • BFIS News
  • 2025 Feb 27 10:36
युनाइटेड मर्दीको ४ प्रतिशत बोनस शेयर घोषणा, सत प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित डाक्यो साधारणसभा
United Ajod

काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले ४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हकप्रद शेयर वितरण गर्ने प्रस्ताव सहित सत प्रतिशत हकप्रद निष्काशनको एजेण्डा वार्षिक साधारणसभामा पेश गर्ने भएको छ । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले आगामी चैत १२ गते सोमबार साधारणसभा आह्वान गरेको छ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद शेयर निष्काशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया