NIMB Header 2
Nepal Life

नेशनल लाईफको ३८ औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

Muktinath Bank
  • BFIS News
  • 2025 Feb 27 15:36
नेशनल लाईफको ३८ औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
Everest Bank

काठमाडौं । नेशनला लाईफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।

Shikhar
NIMB

कम्पनीको ३८ औं बार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीहरु र शुभेच्छुकहरु प्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आभार व्यक्त गरेका छन् । यसै शुभ अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग सहित त्यहाँ रहेका बाल बालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो । 

सोही अवसरमा  कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरीएको खत्रीले जानकारी दिए । 

उनले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागि गराई शारिरीक तथा मानिसिक रुपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको बताए ।    

बुढानिलकण्ठ स्थित होटल लेमन ट्रि मा मनोरञ्जानात्मक प्रस्तुती सहित भव्य रुपले सम्पन्न गरिएको बार्षिकोत्सव समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया