Nepal Life

महाशिवरात्रि २०८१ को अवसरमा नेपाल लाइफले पशुपतीमा ५ हजार भक्तजनलाई निःशुल्क भोजन तथा पानी वितरण

NMB Bank
  • BFIS News
  • 2025 Feb 27 18:14
महाशिवरात्रि २०८१ को अवसरमा नेपाल लाइफले पशुपतीमा ५ हजार भक्तजनलाई निःशुल्क भोजन तथा पानी वितरण
United Ajod

काठमाडौं, फागुन १५ - सनातन हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रि २०८१ को अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ हजार भन्दा धेरै भक्तजनलाई निःशुल्क भोजन तथा पानी वितरण गरेको छ । महाशिवरात्रिको अवसरमा भगवान शिवको आराधना, पूजा, भजन-कीर्तनका लागि पशुपतीनाथमा लाखौ भुक्तजनको उपस्थिति थियो । 

Shikhar
Nepal Life
NIMB

यसै अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पशुपतिनाथ मन्दिर परिसरमा करिब ५००० श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन तथा पिउने पानी वितरण गरेको हो । कम्पनीका प्रतिनिधिहरूका अनुसार, यस सेवाले भक्तजनहरूलाई सहजता प्रदान गर्न मद्दत गरेको थियो। नेपाल लाइफले हरेक वर्ष महाशिवरात्रीको अवसरमा यस्तो पून्य कार्यक्रम आयोजना गर्दै आइरहेको छ । 

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा, रुद्राभिषेक, होमहवन तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय स्वयंसेवकहरुले भक्तजनहरुको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यस वर्ष पशुपतिनाथ क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो। भक्तजनहरुको सहजताका लागि नेपाल सरकार तथा विभिन्न संघसंस्थाहरूको समन्वयमा सफाइ तथा व्यवस्थापनमा विशेष ध्यान दिइएको थियो।

महाशिवरात्रि पर्वले नेपालमा मात्र नभई सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूका लागि धार्मिक र सांस्कृतिक रूपमा ठूलो महत्व राख्दछ। यस अवसरमा गरिएको सामाजिक सेवाका यस्ता कार्यहरूले समाजमा सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया