Nepal Life

पाथीभरा केबुलकारका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

NMB Bank
  • BFIS News
  • 2025 Mar 02 17:55
पाथीभरा केबुलकारका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक
United Ajod

काठमाडौँ, फागुन १८ गते। गृहमन्त्री रमेश लेखकले पाथीभरा केबुलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा उठेका प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन् । 

Shikhar
Nepal Life
NIMB

गृहमन्त्री लेखकले केबुलकार निर्माणको क्रममा देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनत पक्षसँग पटकपटक वार्ता गरेको  बताए। 

उनले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। सरकारले शान्तिपूर्ण ढङ्गले समस्याको समाधान गर्ने कुरालाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ। 

उनले भने, ‘ताप्लेजुङको पाथीभरा मन्दिर निर्माणका क्रममा देखिएका विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको छ। सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ। यसका लागि सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गत माघ २० गते वार्ता टोली गठन गरिएको र उक्त टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिराखेको छ।’’ 

समस्या समाधानका लागि वार्ताटोलीले पटकपटक संवाद गरेको वार्तामा अवरोध भएपछि पुनः वार्ताको आह्वान गरेको र आन्दोलनरत पक्षले उठाएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले प्रष्ट पारेका हुन् ।  

‘‘समस्या समाधानका लागि पटक पटक संवाद भएका छन्। पछिल्लो समय वार्तामा केही अवरोध आएका कारण वार्ताटोलीले आन्दोलनरत पक्षलाई वार्ताका लागि पुनः आह्वान गरेको छ’’, उनले थप भने, ‘‘आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ।’’ उनले हाल पाथीभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएर शान्ति सुरक्षा प्रदान गरिरहेको दाबी गरेका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया