Nepal Life

गोल्याण ग्रुपको पियोर इनर्जीले आजदेखि आइपिओ निष्काशन गर्दै, प्रभावित र वैदेशिक रोजगारमा एकै पटक

NMB Bank
  • BFIS News
  • 2025 Mar 04 10:37
गोल्याण ग्रुपको पियोर इनर्जीले आजदेखि आइपिओ निष्काशन गर्दै, प्रभावित र वैदेशिक रोजगारमा एकै पटक
National Life

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आज (फागुन २० गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयरका लागि बाँके जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै कम्पनीले जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजारीमा रहेका नेपालीहरुले अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत ५ गते हुनेछ भने ढिलोमा चैत २० गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने चैत ५ गतेभित्र आवेदन दिनु पर्नेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरेको १० मेगावाट क्षमताको सौर्य पि.भि विद्युत आयोजना ब्लक १ को कुल लागत १ अर्ब २५ करोड ४७ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १२ करोड ५५ लाख रुपैयाँ रहेको छ। सो आयोजनाले सन् २०७७ पुस २ गते विद्युत अनुमति प्राप्त गरेको थियो। त्यस्तै, कम्पनीले नै प्रबर्धन गरेको १० मेगावाट क्षमताको सौर्य पि.भि. विद्युत आयोजना ब्लक २ को कुल लागत १ अर्ब १७ करोड ६ लाख रुपैयाँ रहेको छ। सो आयोजनाको प्रतिमेगावाट लागत ११ करोड ७१ लाख रुपैयाँ रहेको छ। सो आयोजनाले २०७७ मंसिर २९ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो।

यी दुबै आयोजनाहरुको विद्युत उत्पादन अनुमति २० वर्ष ११ महिना बाँकी रहेको छ। यी दुबै आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१२ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.४२ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, नबिल बैंकका कोहलपुर र नेपालगञ्ज शाखा कार्यालय, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगञ्ज र वि पि चोक शाखा कार्यालय तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया