Nepal Life

खाना पकाउने एलपी ग्यासको भाउ प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढ्यो

NMB Bank
  • BFIS News
  • 2025 Mar 04 17:37
खाना पकाउने एलपी ग्यासको भाउ प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढ्यो
United Ajod

काठमाडौं । खाना पकाउने एलपी ग्यासको भाउ महंगिएकाे छ । ग्यास प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको हाे । आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय गरेकाे हाे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच बैठक बसेकाे थियाे । यसैबीच, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको वार्ताबाट ५ बुँदे सहमति भएको छ ।

Shikhar
Nepal Life
NIMB

उक्त सहमतिमा फागुन १८ गते, बाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशाषनिक खर्च रकममा समायोजन गरी साविककाे खर्चमा प्रति सिलिण्डर १२ रूपैयाँ ७५ पैसाले वृद्धि गरेकाे विषयमा नेपाल एल.पि. ग्यास उद्योग संघका पदाधिकारीहरूलाइ जानकारी गरिएको उल्लेख गरिएकाे छ ।

फागुन १८ गतेकाे निर्णय पश्चात् पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई हाल ग्यास उद्योगीलाइ दिइरहेकाे मुनाफा प्रति सिलिण्डर फ्ल्याट रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने विषयमा निगमले उपसमिति बनाइ अध्ययन कार्य अगाडि बढाउने पनि सहमति भएकाे छ ।

निगम र संघ दुवै पक्षकाे समन्वयमा सम्बाेधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बाेधन गर्ने तथा निगमले सम्बाेधन गर्न नसक्ने अन्य मागहरूका विषयमा आवश्यक गृहकार्य गरी सञ्चालक समिति तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गर्ने पनि सहमतिमा उल्लेख गरिएकाे छ।

यस्तै, अन्तिम बुँदामा एल.पि. ग्यास उद्योग संघले हाल जारी राखेकाे विराेधकाे सम्पूर्ण कार्यक्रमहरू तत्काल फिर्ता लिने र सबै ग्यास उद्योगीहरूले निगमबाट नियमित रूपमा पि.डि.ओ लिएर एल.पि.ग्यासकाे आपूर्ति सहज बनाउने पनि उल्लेख गरिएकाे छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया