Nepal Life

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

NMB Bank
  • BFIS News
  • 2025 Mar 05 12:00
बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।  मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको थियो।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया