Nepal Life

नेपाल इन्स्योरेन्सले लाभांश पारित गर्न डाक्यो साधारणसभा, चैत ६ गतेसम्म शेयर किन्नेले १५ प्रतिशत बोनस शेयर पाउने

National Life
  • BFIS News
  • 2025 Mar Tue 10:49
नेपाल इन्स्योरेन्सले लाभांश पारित गर्न डाक्यो साधारणसभा, चैत ६ गतेसम्म शेयर किन्नेले १५ प्रतिशत बोनस शेयर पाउने
RBB

काठमाडौं ।  नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न चैत १९ गते वार्षिक साधारण सभा बोलाएको छ । यस इन्सुरेन्सको सोमबार बसेको सञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

NIMB

सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी जम्मा १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । 

आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया