Nepal Life

साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Mar 12 10:46
साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौं । फागुन २८ गते, बुधबार, साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्दैछ।

Shikhar
Nepal Life
NIMB

भोली फागुन २९ गते, बिहीबार होलीको सार्वजनिक बिदा परेका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले चैत १५ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ५८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्न, ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारित गर्ने, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पिडितको लागि जम्मा गरेको रहत रकम अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया