Nepal Life

नाडा अटो सोमा सर्वाधिक धेरै नयाँ प्रोडक्ट र विशेष छुटको व्यवस्था मिलाएका छौ : अध्यक्ष ध्रुव थापा

Global Ime detail Page
  • ध्रुव थापा
  • 2023 Sep Mon 06:25
नाडा अटो सोमा सर्वाधिक धेरै नयाँ प्रोडक्ट र विशेष छुटको व्यवस्था मिलाएका छौ : अध्यक्ष ध्रुव थापा
Sanima Reliance

काठमाडौं । नाडा अटो सो तीन वर्ष पछि हुँदैछ । दुई वर्ष कोभिड १९ कारण प्रदर्शन हुन सकेन । गएको वर्ष सरकारले गाडी आयातमा प्रतिवन्ध लगाउन प्रदर्शन गर्न सकिएन । यस वर्ष बजारमा राम्रै रौनक आउला भन्ने अपेक्षा गरेका छौ । लामो समय पछि अटो सो हुँदै गर्दा देशव्यापी रुपमा एक पटक भए पनि भिजिट गर्न जानु पर्छ भन्ने माहोल बनेको छ । 

NIMB

यसले गर्दा सत प्रतिशत नयाँ प्रोडक्ट लञ्च हुँदैछ । नयाँ भन्ने वित्तीकै आम मानिसमा कस्तो खालको प्रोडक्ट हो भनेर चासो बढ्नु स्वभाविक पनि हो । विश्व बजारमा आएका नयाँ प्रोडक्टलाई एकै ठाउँबाट अवलोकन गर्ने यो सुनौलो मौका पनि हो ।

ग्राहकरुलाई यहि समयमा किन्नै पर्छ भन्ने हुँदैन । अहिले हेरेर भोलिका दिनमा योजना बनाउन मद्दत गर्नेछ । चाडवाडको समय पनि भएको हुँदा हामीले ग्राहकलाई लक्षित गरेर कम्पनीहरु सँग प्रत्यक्ष कुराकानी गरेर विशेष छुटको व्यवस्था मिलाएका छौ । यस्तो किसिमको छुट अरु समयमा पाइदैन । यस समयमा बुकिङ गर्नेहरुले विशेष सहुलियत पाउछन् ।

प्रदर्शनी स्थलमा १२० वटा स्टल रहनेछन् भने ४५ वटा कम्पनीको सहभागिता रहेको छ । प्रदर्शनीमा थुप्रै बैंकहरुले स्टल राख्नु हुन्छ । बैंकहरुले बैंकिङ सुविधा सहज होस् भनेर स्पट फाइनान्सको सुविधा ल्याउनु भएको छ । बैंकहरुले अन्य क्षेत्रमा भन्दा अटोमोबाइललाई लिने व्याजदरमा विशेष छुटको समेत व्यवस्था गरेका छन् । बैंकहरुले यस अवधिमा विभिन्न अफरहरु सार्वजनिक गर्ने कार्यक्रमहरु समेत रहेको छ ।

अर्थतन्त्रमा रिसेसन चलिरहेको छ । आर्थिक मन्दीले गर्दा अटोमोबाइलको बजारमा पनि अलि अलि असर गरिरहेको छ तर नेपालमा कतिपय यस्तो समुह रहेको छ जसले बजारमा नयाँ गाडी आए पछि परिवर्तन गर्ने परिपाटी पनि छ । अटो सोमा एक्सचेन्जको सुविधा पनि राखिएको छ । रिसेसनले बजारमा अलि अलि प्रभाव पारे पनि अर्थतन्त्रमा देखिएको क्रमिक सुधारले साहेद धेरै नै प्रभाव नपार्ला ।

नेपालमा गाडीको प्रयोग बढ्दै गर्दा सरकारले सडक पुर्वाधारमा पनि ठुलो लगानी गर्नु पर्नेछ । नेपालको सडक पुर्वाधार दक्षिण एशियाका अन्य देशहरुको तुलनामा कमजोर छ । साथ साथै सवारी साधनको संख्या पनि कम छ । निजी सवारी साधनको कुरा गर्ने हो भने सार्वजनिक सवारी साधन बाहेक निजी तर्फ कुल जनसंख्याको ७ प्रतिशतले दुई पाङ्ग्रे सवारी साधन प्रयोग गरिरहेको छ भने एक प्रतिशतले मात्रै चार पाङ्ग्रे सवारी साधनको प्रयोग गरिरहेका छन् ।

यसमा पनि सडक पुर्वाधार बन्न नसक्नु पक्कै पनि सरकारको कमजोरी हो । सरकारले पुर्वाधारमा हरेक वर्ष खर्बौ लगानी गरिरहेको छ । सँग सँगै सरकारले बेला बेलामा सवारी साधनको संख्या धेरै भयो भन्दै गर्दा यो विरोधाभासपुर्ण कुरा भयो । पुर्वाधारण निर्माण गर्ने काम सरकारको हो ।

विद्युतीय सवारी साधन

विद्युतीय सवारी साधनमा चासो बढ्दै गएको छ । यो नेपालमा मात्रै नभएर ग्लोबल ट्रेण्ड नै हो । विद्युतिय सवारी साधनको प्रयोगको बृद्धिदरमा नेपाल दक्षिण एशियामै अगाडी छ । संख्यात्मक रुपमा कम भए पनि बृद्धिदरको आधारमा नेपालमा धेरै देखिनुले पनि आम मानिसमा चासो बढेको प्रष्ट हुन्छ ।  

डिजेल पेट्रोल गाडीको तुलनामा विद्युतीय सवारी साधन इकोनोमिक पनि छ । एक पटक लगानी गरे पछि ठुलो इन्धन खर्च नहुने भएकाले नेपालीहरुले बढि रुचाएको देखन्छ । यो स्वभाविक पनि हो ।

नाडा अटो सोको मुख्य आकर्षण

यो वर्ष धेरै वटा प्रोडक्ट लञ्च हुँदैछ । यसले धेरै भन्दा धेरै मानिसको ध्यान आकर्षण गर्नेछ । लेटेस्ट डिजाइनका गाडीहरु हेर्न पाइनेछ । दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन लञ्च हुने भएकाले धेरै मानिसहरुले यसको प्रतिक्षा गरेर बसेका छन् । यति धेरै प्रोडक्टहरु एकै ठाउँबाट हेर्ने अवसर जुट्दैछ ।

अहिले नै सवारी साधन खरिद नगरे पनि भोलिका दिनमा सवारी खरिद गर्ने क्रममा निर्णय गर्न धेरै सहज बनाउने छ । सवारी साधनको जति धेरै ज्ञान भयो आफ्नो आवश्यकतालाई पनि बुझ्न सहज हुन्छ । अहिलेदेखिनै कुन, कस्तो ब्राण्ड, कस्तो कलर, कति क्षमताको खरिद गर्ने भनेर मनस्थिति बनाउन सकिने भयो ।

नाडा अटो सो खरिद कर्ता र बिक्रेता विचको सम्बन्ध बनाउने एउटा साझा थलो पनि हो । ग्राहकहरुले आफ्नो रोजाइलाई खोज्न सक्छन् भने बिक्रेताले सहजै आफ्ना ग्राहक पहिचान गर्न सक्छन् । अन्य समयमा बिक्रेताले आ-आफ्नो हिसावले अफरहरु ल्याएका हुन्छन् तर यो समयमा नाडा अटो आयोजक तथा एसोसिएसनले प्रत्यक्ष कम्पनीहरु सँग कुराकारी गरेर विशेष छुटको अफर ल्याउने हुँदा यो भन्दा राम्रो अवसर अन्य समयमा हुनै सक्दैन ।

अटोसोमा भिजिट गर्न आउनेलाई यस वर्ष विशेष व्यवस्था गरिएको छ । पार्किङको अभाव र समस्या देखिने भएकाले हामीले चार पाङ्ग्रे सवारी साधनको पार्किङको विकल्प तयार पारेका छौ । 

पार्किङ व्यवस्थित नहुँदा धेरै नै भिडभाड हुने गर्थ्यो । प्रदर्शनी मार्ग आफैमा सानो क्षेत्र छ त्यसमा पनि चार पाङ्ग्रे सवारी साधनको संख्या बढ्ने वित्तीकै प्रभाव पारिहाल्छ । त्यसैले प्रहरी कल्याणकारी कोष परिसर, काठमाडौ मल, बसपार्कको टावर परिसरमा चार पाङग्रे सवारी साधनलाई पार्किङ गर्न व्यवस्था मिलाइएको छ । पार्किङको व्यवस्था मिलाइएको ठाउँबाट प्रदर्शनी स्थलसम्म ल्याउनका लागि घुम्ती बसको समेत व्यवस्था मिलाइएको छ । विहान १० बजेदेखि वेलुका ५ बजेसम्म उक्त बसहरु चलिरहनेछन् । पार्किङ स्थलबाट प्रदर्शनी स्थलसम्म आउन जानका लागि निःशुल्क हुनेछ । टिकट खरिदका लागि भिडभाड पनि गर्नु पर्ने छैन । अनलाइनबाटै टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । टिकटमा क्यासव्याकको समेत सुविधा रहेको छ । फोनपेबाट टिकट खरिद गर्दा २० प्रतिशतसम्म क्यासव्याकको सुविधा रहेको छ ।

(थापा नेपाल अटोमोबाइल्स डिलर एसोसिएसनको अध्यक्ष हुन्)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया