NIMB Header 2
Nepal Life

सुनको मूल्य ऐतिहासिक उचाइमा, अमेरिका र चीन विचको व्यापार युद्धले बजारमा हलचल, ट्रम्पको कर नीतिले थप बढायो

National Life
  • BFIS News
  • 2025 Apr 10 11:22
सुनको मूल्य ऐतिहासिक उचाइमा, अमेरिका र चीन विचको व्यापार युद्धले बजारमा हलचल, ट्रम्पको कर नीतिले थप बढायो
Sanima Reliance

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिका कारण अन्तर्राष्ट्र बजारमा सुनको भाउ थप आकासिने भएको छ । यसै क्रममा नेपालमा पनि बिहीबार सुनको भाउ प्रतितोला ५७ सय रुपैयाँले बढेको छ । 

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यमा उल्लेख्य रुपमा बढेको छ ।

यस दिन चाँदीको तोलामा ६५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो ।

राष्ट्रपति ट्रम्पले लगाएका शुल्कहरू बुधबारदेखि लागू भएका छन्, जसअन्तर्गत चीनबाट आयात हुने सामानहरूमा १०४% शुल्क लगाइएको छ। यसको जवाफमा चीनले अमेरिकाबाट आउने सामानहरूमा ८४% शुल्क लगाएको छ। युरोपेली संघका सांसदहरूले बुधबार अमेरिकी गाडी, स्टिल, र एल्युमिनियममा लगाइएको शुल्कको साझा प्रतिकारबारे मतदान गर्नेछन्। यसैबीच, एस एन्ड पी ५०० तथा विश्वभरका सेयर बजारहरू घटिरहेको अवस्थामा छन्। यसको तुलनामा, सुनको प्रदर्शन बलियो रहेको छ।

२०२५ मा सुनको मूल्यलाई प्रमुख दुई कारणले बढाइरहेको छ । महँगीको प्रवृत्ति र अमेरिकाको शुल्क नीति। महँगीसँग सम्बन्धित चिन्ताहरूले अमेरिकी फेडरल रिजर्भको ब्याजदर सम्बन्धी निर्णयलाई प्रभाव पारिरहेका छन् भने अमेरिकाले घोषणा गर्ने गरेका शुल्कहरू, चाहे तिनको कार्यान्वयन भएको होस् वा नहोस्, सुन बजारमा उत्तिकै प्रभावकारी देखिएका छन्।

यसै सन्दर्भमा, यस साता सुनको कारोबारमा दुवै पक्षको प्रभाव स्पष्ट देखियो। सुनको स्पट मूल्य इतिहासमै पहिलोपटक झन्डै ३१२५ अमेरिकी डलर प्रति औंसा पुगेको छ।

विशाल मुलुकहरूबीचको व्यापार युद्धको जोखिम र मध्यपूर्वमा पुनः भड्किएको युद्धको आशंकाले विश्व बजारमा व्यापक अस्थिरता ल्याएको छ। लगानीकर्ताहरू सुरक्षित सम्पत्तिको खोजीमा सुनतर्फ आकर्षित भइरहेका छन्। 

अमेरिकी सेयर बजार पुनः चापमा आउँदा लगानीकर्ताहरू सुनमा धकेलिएका छन्। अमेरिका मात्रै होइन विश्वका अधिकाम्स देशको स्टक मार्केटमा ठुलो गिरावट आएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया