NIMB Header 2
Nepal Life

प्रतिबन्धित क्षेत्रमा अप्रिल २० मा प्रदर्शन गर्ने राप्रपाको घोषणा

Muktinath Bank
  • BFIS News
  • 2025 Apr 17 22:45
प्रतिबन्धित क्षेत्रमा अप्रिल २० मा प्रदर्शन गर्ने राप्रपाको घोषणा
Everest Bank

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारद्वारा तोकिएको निषेधित क्षेत्रहरूमा आगामी अप्रिल २० मा प्रदर्शन गर्ने घोषणा गरेको छ। सरकारको विरोधमा देशभरका निषेधित क्षेत्रहरूमा प्रदर्शन गर्ने पार्टीको योजना छ।

Shikhar
NIMB

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार सम्पन्न कार्यसमिति बैठकपश्चात् भने, “सरकारले नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गर्दै मनोमानी रूपमा निषेधित क्षेत्र घोषणा गरिरहेको छ। हामीलाई कुनामा पु-याउने प्रयास भएको छ, त्यसैले हामीले निषेधित क्षेत्रमा नै प्रदर्शन गर्ने निर्णय गरेका छौं।”

अप्रिल २० को प्रदर्शनपछि राप्रपाले सबै ७७ जिल्लाहरूमा अप्रिल २२ मा ¥याली, धर्ना र प्रदर्शन गर्ने जनाएको छ। साथै, पार्टीले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा गिरफ्तार गरिएका रविन्द्र मिश्र र धवल एसजेबी राणालगायतका नेताहरूको तत्काल रिहाइको माग गरेको छ।

बैठकले काठमाडौं उपत्यकामा विशेष रूपमा पार्टीको संगठन विस्तार गर्ने निर्णयसमेत गरेको छ, जसअनुसार वडास्तरमा समेत संगठन बलियो बनाइनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया