Nepal Life

१२ कक्षाको परीक्षा तोकिएको मितिमै हुने परीक्षा बोर्डको भनाइ

NMB Bank
  • BFIS News
  • 2025 Apr 19 09:33
१२ कक्षाको परीक्षा तोकिएको मितिमै हुने परीक्षा बोर्डको भनाइ
National Life

काठमाडौं । शिक्षकहरूको जारी आन्दोलनका बीच पनि राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा तोकिएकै मितिमा, अर्थात् वैशाख १२ गते (एप्रिल २४) देखि सुरु हुने स्पष्ट पारेको छ।

Shikhar
NIMB

बोर्डले यसअघि नै परीक्षाको तालिका सार्वजनिक गरिसकेको थियो, तर लामो समयदेखि जारी शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित हुने कि भन्ने अन्योल बढिरहेको थियो।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै बोर्डले परीक्षा स्थगित नहुने स्पष्ट पारेको छ र सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रमपूर्ण सूचनामा विश्वास नगर्न विद्यार्थीलाइ अनुरोध गरेको छ।

“वैशाख १२ गतेदेखि सुरु हुने १२ कक्षाको वार्षिक परीक्षा स्थगित हुने भनी फैलिएको गलत सूचनाप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

बोर्डले विद्यार्थीहरूलाई शान्त हुन र धैर्यका साथ तयारी जारी राख्न आग्रह गरेको छ। “परीक्षा शान्तिपूर्ण ढंगले सम्पन्न गर्नका लागि सम्पूर्ण अभिभावक, शिक्षक, र विद्यालयका प्रधानाध्यापकहरूलाई सहकार्य गर्न अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

तर, शिक्षकहरूको आन्दोलनका कारण परीक्षा तयारीमा अवरोध उत्पन्न भएको छ। परीक्षा केन्द्र प्रमुख तोक्ने, अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जस्ता कामहरू बोर्डका प्रदेश तथा शाखा कार्यालयहरूले गर्न सकेका छैनन्।

शिक्षकहरूको संघले जारी गरेको विज्ञप्तिमा १२ कक्षाको परीक्षा लगायतका कार्यहरूमा शिक्षक तथा कर्मचारीहरूलाई सहभागी नहुन निर्देशन दिइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया