सम्पदा लघुवित्तको एजीएम आज, यस्ता छन् एजेन्डा
- BFIS News
- 2025 Apr Sat 09:45

काठमाडौं । सम्पदा लघुवित्तले आठौं वार्षिक साधारण सभा आज (वैशाख ६ गते) बस्दैछ । सभा मर्स्याङ्दी रिभर भ्यू, बन्दिपुर तनहुँमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यसपटक सेयरधनीको हात खाली हुनेछ ।
सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते बुक क्लोज गर्ने गरिसकेको छ । यसर्थ, चैत २५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया