Nepal Life

आइएमई लाइफ इन्स्योरेन्सले ‘सरल सावधिक जीवन बीमा योजना’का लागि सुशिला रोकालाई सद्भावना दूत नियुक्त

NMB Bank
  • BFIS News
  • 2025 Apr 20 16:38
आइएमई लाइफ इन्स्योरेन्सले ‘सरल सावधिक जीवन बीमा योजना’का लागि सुशिला रोकालाई सद्भावना दूत नियुक्त
National Life

काठमाडौं, २०८२ वैशाख । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सरल सावधिक जीवन बीमा योजना’का लागि प्रख्यात बीमा अभिकर्ता सुशिला रोकालाई प्रडक्ट एम्बासडर (सद्भावना दूत) २०२५ को रूपमा घोषणा गरेको छ।

Shikhar
NIMB

एक विशेष कार्यक्रमका बीच कम्पनीको उच्च व्यवस्थापन, कर्मचारी तथा देशभरबाट आएका बीमा अभिकर्ताहरूको उपस्थितिमा रोकालाई सम्मानपूर्वक मनोनयन गरिएको हो। उनी कम्पनीको मासिक स्किमअन्तर्गत उत्कृष्ट व्यवसाय प्रस्तुत गर्दै ‘सरल सावधिक जीवन बीमा योजना’मा उल्लेखनीय योगदान पुर्‍याएर सद्भावना दूत बन्न सफल भएकी हुन्।

कार्यक्रममा रोकाको नाम र तस्बिर सहितको प्रचार सामग्री तथा ब्यानरको औपचारिक अनावरणसमेत गरिएको थियो। यसले कम्पनीभित्र कार्यरत अभिकर्ताहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै सेवा प्रवाहमा अझ प्रतिबद्ध भएर काम गर्न प्रेरणा मिल्ने कम्पनीको विश्वास छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कार्यक्रममा बोल्दै आइएमई लाइफले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, बीमा ज्ञान, व्यावसायिक दक्षता तथा व्यक्तित्व विकासमा निरन्तर काम गरिरहेको बताए। उनले बीमितलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको लक्ष्यमा थप सुदृढता आउने विश्वास व्यक्त गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया