NIMB Header 2
Nepal Life

शिखर इन्स्योरेन्सलाई सूचना सुरक्षा व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता, "ISO/IEC 27001:2022" प्रमाणपत्र प्राप्त

National Life
  • BFIS News
  • 2025 Apr 20 19:28
शिखर इन्स्योरेन्सलाई सूचना सुरक्षा व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता, "ISO/IEC 27001:2022" प्रमाणपत्र प्राप्त
Sanima Reliance

काठमाडौं, बैशाख ७ गते । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणाली (Information Security Management System) को अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO/IEC 27001:2022 प्रमाणपत्र हासिल गरेको छ।

Shikhar
NIMB

ISO/IEC 27001:2022 प्रमाणपत्रले कम्पनीको संवेदनशील सूचना सुरक्षाप्रति उच्च प्रतिबद्धता, प्रभावकारी जोखिम व्यवस्थापन, तथा सूचना सुरक्षासम्बन्धी प्रणाली, नीति र कार्यपद्धतिहरूले विश्वस्तरीय मापदण्डहरू पूरा गरेको पुष्टि गर्दछ।

शिखर इन्स्योरेन्सले साइबर सुरक्षा तथा अन्य नविनतम जोखिमहरूको व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। सूचना प्रविधिको वर्तमान युगमा कम्पनीको सूचना प्रणालीको सुरक्षा, ग्राहकहरूले प्रदान गर्ने गोप्य सूचनाको संरक्षण तथा सेवा निरन्तरताको प्रत्याभूति अत्यन्त महत्वपूर्ण बनेको छ।

ISO/IEC 27001:2022 प्रमाणपत्रले कम्पनीको सूचना सुरक्षासम्बन्धी रणनीति, प्रणालीको निरन्तर सुधार, र जोखिम व्यवस्थापन नीतिलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ। यस उपलब्धिले ग्राहकहरूको विश्वास अझ मजबुत बनाउने अपेक्षा गरिएको छ, साथै कम्पनीको गुणस्तरीय सेवा निरन्तरताको सुनिश्चितता पनि यसले थप बलियो बनाएको छ।

शिखर इन्स्योरेन्स सूचना सुरक्षाको क्षेत्रमा भविष्यमा पनि निरन्तर सुधार र नवीनतम प्रविधिहरूको उपयोगमार्फत अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया