Nepal Life

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदी यथावत्

NMB Bank
  • BFIS News
  • 2025 Apr 21 15:07
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदी यथावत्
National Life

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो रेकर्ड तोड्दै आज सुन प्रतितोला १,२०० रुपैयाँले बढेको छ, जसले लगानीकर्ता र सुन व्यवसायीहरूबीच व्यापक चासो पैदा गरेको छ।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिनमा फाइन गोल्डको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ। यसअघि वैशाख ४ गते सुनको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मको उच्च मूल्य मानिएको थियो।

सुनको मूल्यमा यस्तो तीव्र वृद्धिका बीच, चाँदीको मूल्य भने स्थिर देखिएको छ। चाँदी आज पनि प्रतितोला १,९६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनको मूल्य वृद्धिलाई अन्तर्राष्ट्रिय बजारको उतारचढाव, मागमा वृद्धि र भूराजनीतिक परिस्थितिले असर पारेको विश्लेषकहरू बताउँछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया