Nepal Life

सुनको भाउ ऐतिहासिक उचाइमा, प्रतितोला २ लाख नजिक

RBB
  • BFIS News
  • 2025 Apr Tue 11:13
सुनको भाउ ऐतिहासिक उचाइमा, प्रतितोला २ लाख नजिक
Shikhar detail

काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (वैशाख ९ गते) छापावाल सुन प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । 

NIMB

यसअघि सोमबार वैशाख ८ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । पछिल्लो समयमा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमका कारणले सुनको मूल्य बढेको विश्लेषकहरुले बताएका छन् । 

यता, आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १९ सय ६० रुपैयाँ कायम रहेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया