NIMB Header 2
Nepal Life

वीरगञ्ज भन्सारमा तालिमप्राप्त कुकुरको प्रयोग : एक वर्षमा ४२ करोड बराबरको भन्सार छलीका सामान बरामद

National Life
  • BFIS News
  • 2025 Apr 22 13:30
वीरगञ्ज भन्सारमा तालिमप्राप्त कुकुरको प्रयोग : एक वर्षमा ४२ करोड बराबरको भन्सार छलीका सामान बरामद
Sanima Reliance

काठमाडौँ, वैशाख ९ । सीमा सुरक्षा कडाइसँगै वीरगञ्ज भन्सार नाकाबाट भन्सार छली गरी ल्याइएका सामानको बरामद दर उल्लेख्य रूपमा बढेको छ।

Shikhar
NIMB

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटर, पर्साले पछिल्लो एक वर्षको अवधिमा झण्डै ४२ करोड रुपैयाँ मूल्य बराबरका अवैध तथा शंकास्पद सामानहरू बरामद गरेको छ।

गणपति राधेश्याम धिमालका अनुसार, २०८१ वैशाखदेखि २०८२ वैशाख ६ गतेसम्म सशस्त्र प्रहरीले वीरगञ्ज क्षेत्रमा व्यापक निगरानीसहितका अभियानहरू सञ्चालन गर्दै आएको छ। “सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै लत्ताकपडा, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न र किरानाका सामानहरू भन्सार छल्दै ल्याउने प्रयास नियन्त्रणमा आएको छ,” उनले जानकारी दिए।

वीरगञ्ज भन्सार कार्यालयमा मात्र रु २८ करोड ११ लाख ६ हजार ४८७ मूल्यका सामान बुझाइएको छ। त्यस्तै, बिलबिजकविना ल्याइएका रु १३ करोड ८१ लाख २५ हजार २२० मूल्यका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

अवैध कारोबार नियन्त्रणमा प्रभावकारिता बढाउन सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार क्षेत्रमा दुईवटा तालिमप्राप्त कुकुर परिचालन गरेको छ। यी कुकुरहरूलाई भन्सार नाकामा संदेह लागेका गाडी तथा झोलाको जाँचमा प्रयोग गरिँदै आएको छ।

गणपति धिमालले पर्सा जिल्लाको १०७ किलोमिटर खुला सीमामा सुरक्षा कडाइ गरिएको जानकारी दिँदै सीमाक्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण तथा सीमावासीहरूसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिएको बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया